कवि गोष्ठी सम्पन्न

१० चैत्र २०६८, शुक्रबार ०४:०४ मा प्रकाशित

काठमाडौ, ९ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागले विश्व कविता दिवस २१ मार्च का अवसरमा बुधबार विशेष कवि गोष्ठीको आयोजना गर्‍यो।

कवि गोष्ठीमा संयोजक प्राज्ञ डा. वेञ्जु शर्माले संसारभरी सन् १९९९, २१ मार्चमा युनेस्कोले विश्व कविता दिवस मनाउने घोषणापश्चात नेपाल प्रज्ञा–प्रतिष्ठानले यो दिवस मनाउँदै आएको जानकारी दिए। उनले कविता साहित्यले मानिसको संवेदनाको उद्बोध गर्दै भावनात्मक एकताको सम्बन्ध स्थापितगर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

डा.शर्माले साहित्य विधामध्ये कविता फलहरूको रस, फूलहरूको अत्तर हो भन्दै कविता लेख्नु, पढ्नु, छपाउने कार्यले कविताको उत्थान हुने तथा शैक्षिक क्षेत्रमा यस विषयको छलफल, बहस गर्नु सान्दर्भिक रहेको बताए।

प्रज्ञा–प्रतिष्ठानका कुलपती वैरागी काईलाले आदीमानव पुर्खाहरूले श्रेष्ठ उच्चारण गरेका शब्दहरू कालान्तरमा लेखिएको र यसको बोझ कविताले उतारेको बताए ।

प्रा.डा.दुर्गाप्रसाद भण्डारीले कविता वाचन रोचक र अविस्मरणीय भएको उल्लेख गर्दै मनुस्य जीवनमा सौन्दर्य र माधुर्यता ल्याउन कविता साहित्यको आवश्यकता रहेको बताए।

कवि गोष्ठीमा ३४ जना कवि कवयत्रीले आ–आफ्ना कविता वाचन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार