सहमतिको विकल्प छैनः नेपाल

२६ कार्तिक २०६९, आईतवार १६:४४ मा प्रकाशित

भक्तपुर, २६ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति निकासका लागि सहमतिको विकल्प नभएको बताएका छन् ।
नेकपा एमाले नगरकोट गाउँ कमिटिले आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले सहमतिबाटै मुलुकको निकास निकाल्नुपर्नेमा जोड दिए । सहमतिमा जानु उत्तम भए पनि एमाओवादी सहमतिमा अग्रसर नभएको नेता नेपालको आरोप थियो । देशलाई वर्तमान राजनीतिक संकटबाट निकास दिन राष्ट्रिय सहमति आवश्यक छ तर एमाओवादी सहमतिमा अग्रसर नभएका कारण मुलुक थप संकटमा पर्दै गएको छन् नेपालले भने ।
दलहरुले सहमतिका लागि अधिकतम लचकता अपनाए पनि एमाओवादीले आफ्नो अडान नछाडेको कारण सहमति हुन नसकेको उल्लेख गरे ।
एकीकृत नेकपा माओवादी सरकार छोड्न नचाहने र संविधान पनि निर्माण गर्न नचाहने र देशलाई सधै यथास्थितिमा राख्न चाहेका कारण मुलुकले निकास नपाएको उनको भनाई थियो ।
सरकारले तत्काल राजिनामा दिए राष्ट्रिय सहमतिको सरकार गठन गरे निर्वाचन पनि सम्पन्न हुने र नयाँ संविधान पनि जारी गरेर मुलुकलाई निकास दिन सकिने भएपनि एकीकृत नेकपा माओवादीले अटेर गरेर मुलुकलाई निकास दिन नचाहेको आरोप लगाउनुभयो ।
एमाले नगरकोट गाउँ कमिटीका अध्यक्ष विष्णु तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले बैकल्पिक केन्द्रिय सदस्य रामेश्वर फुयाँल, एमाले राष्ट्रिय प्रतिनिधी परिषद्का सदस्य सोम मिश्र, एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१