लस एन्जलसमा देउसी भैलो धुमधामका साथ मनाइदैं

२६ कार्तिक २०६९, आईतवार १४:३४ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस । शुभ दिपावलीको अवसरमा लस एन्जलस क्षेत्रमा सक्रिय प्राय सम्पुर्ण संघ-संस्थाहरू र समुदायको संयुक्त पहलमा आजदेखी शुरु भएको देउसी भैलो कार्यक्रम सफल रुपमा संचालन भैरहेको छ । यस क्षेत्रमा पशुपतिनाथको मन्दिर, बुद्द स्तुपा र नेपाली सामुदायिक भवन निर्माणको लागि लागिपरेको श्रीपशुपतिनाथ फाउन्डेशनलाई देउसी भैलोबाट उठेको सम्पुर्ण रकम सहयोग गरिने सबै सामुदायिक संस्थाहरूको निर्णय बमोजिम फाउन्डेशनले अन्तिम प्रक्रिया शुरु गरिसकेको भवन खरिदको सहयोगका लागि संयुक्त देउसी आजबाट शुरु भएको छ । शुरुवातको आजको दिन नै आरटेसिया र भ्यालीबाट दुई हजार डलरभन्दा माथीको रकम संकलन भएको जनकारीमा आएको छ । सम्भवत: प्रवासी नेपाली सामुदायिक इतिहासमा एउटै उदेश्य (नेपाली पहिचानसहितको मन्दिर र सामुदायिक केन्द्र स्थापना)का लागि यस क्षेत्रका सम्पुर्ण संस्था ‘एकतामा बल’ भनि ‘एक’ भएर लागिपरेका छन् । दिपावलीको अवसरमा यस क्षेत्रका नेपाली सामुदायिक बस्ती र नगरीलाई समेट्ने गरि देउसी भैलो टोलीको कार्य बिभाजन गरी सबैलाई ‘लक्ष्मी माताको आशिश’ प्रदान गराउंदै नेपाली समुदायको घर दैलोमा देउसी खेल्ने ब्यबस्था मिलाइएको छ । आफ्नो क्षेत्रमा आफुले जानेका सम्पुर्णलाई त्यसै प्रकारको जिम्मेवारी दिलाएर आजबाट शुरु भएको सामुहिक देउसी भैलो अझै चार दिनसममा लगातार बिभिन्न नगर र बस्तीमा संचालन हुनेछन । यसरी समुदायका नेत्रित्वकर्ता, पदाधिकारीहरू र सामुदायीक सदस्यहरूको स्वस्फुर्ते खटाइले लस एन्जलस क्षेत्रमा ‘एकताको बल-समुदायको चाहना’ भन्ने भनाइलाई चरितार्थ पारेको छ । शुरुवातको आजको दिनमै बडो खुशियालीका साथ देउसी आयोजक घर र त्यस क्षेत्र वरपरका सामुदायिक सदस्यहरूको हर्शपुर्ण सहभागिताले प्रवासी लस एन्जलसका नेपाली समुदायमा नयाँ हलचल र बल मिलेको छ । सहभागिता र दिल खोलेर सामुदायिक ईतिहास निर्माणका लागि महापुराण पश्चात यसपटकको देउसीमा सबैले दिल खोलेर गरेको हरप्रकारको सहयोगले अब छिट्टै सामुदायिक केन्द्र सहितको ‘लगभग किनिइसकिएको भवन’ नेपाली भवन हुने सपना साकार हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार