ताजा जनादेशको विकल्प छैनः पोखरेल

२६ कार्तिक २०६९, आईतवार १४:३१ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक । एमाले सचिव शंकर पोखरेलले देशको राजनीतिक विवादका समाधानका लागि जनादेशमा जानु बाहेक अर्को विकल्प नभएको बताएका छन् । आजा लहानमा गरेको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । उनले संविधानका विवादित विषयहरु छलफलबाट सामाधान हुनसक्ने पनि बताए । एकिकृत माओवादीले पुनःस्थापनाको जतिसुकै रट लगाएपनि अव सम्भव नभएको उनको दावी थियो । माओवादीले मानिहाल्छ कि भनेर यति दिनसम्म बार्ता ग¥यौं तर मानेन उनले भने, ‘बाबुराम भट्टराइ सरकारलाई अव आन्दोलनबाटै सताच्युत गर्छौ ।’
पूर्ण बजेट नआएका कारण देशको खर्च धान्न समस्या भएको बेला पूर्ण बजेटलाई रोक्न किन राष्ट्रपतिलाई उक्साएको भनेर पत्रकारहरुको प्रश्नमा उनले भने, हरेक कुराको सामाधान कानून र संविधानबाट खोज्नुपर्छ, संविधान र विगतका उदाहरणहरुले पनि अहिलेको काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने भएकाले हो भने ।
एक फरक प्रशंगमा सचिव पोखरलले २०५४ सालपछि स्थानीय निकाय रिक्त भएकाले स्थानीय निकायमा पठाइएको राज्यको कोष ब्यापक दुरुपयोग भइरहेको बताए । ु

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने

आजको प्रमुख समाचार