वाइसीएल नेतामाथि गोली प्रहार

२६ कार्तिक २०६९, आईतवार १४:२१ मा प्रकाशित

सिरहा, २६ कात्तिक । सिरहाका वाइसीएल सहइञ्चार्ज श्रवण यादवमाथि गोली प्रहार भएको छ । उनले सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि गोली हानिएको हो ।
यादवलाई लक्षित गरी गोली प्रहार भएपनि रामपुरविर्ता गाविस– २ का वाईसिएल सहइन्चार्ज यादव बच्न सफल भएका छन् । गोली प्रहार गरेका रामनगर मिर्चैया ५ का १८ बर्षीय कैलास ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ठाकुरको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान गोली, एक थान नाइन एमएम ब्रोनिङ पेस्तोल र सोमा लाग्ने गोली पनि दुई थान बरामद भएको ईप्रका मिर्चैयाका प्रहरी निरिक्षक राजकुमार कार्कीले बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
के विषयको विवादलाई लिएर गोली प्रहार भएर भनेर खुल्न नसकेको ईप्रका मिर्चैयाका प्रहरी निरिक्षक कार्कीले जानकारी दिए । उनले भने, ‘गोली प्रहार गर्ने ठाकुरलाई पक्राउ गरिसकेको र अनुसन्धान पनि सुरु गरेकाले त्यसबारे यथार्त विवरण बाहिर आउने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु