फेरी ग्यासको भाउ बढ्ने

२६ कार्तिक २०६९, आईतवार १४:१६ मा प्रकाशित

काठमाडौं, २६ कात्तिक । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाउने तयारी गरेको छ । ग्यास र डिजेलमा भएको घाटाका कारण मासिक नोक्सानीमा कमी आउन नसकेपछि निगम ग्यासमा मूल्य वृद्धि गर्ने तयारीमा जुटेको हो ।
निगम स्रोतका अनुसार दुईथरी सिलिन्डर लागू गरी विद्यार्थीलाई सहुलियतको व्यवस्थासँगै मूल्य वृद्धिको तयारी सुरु भएको छ । तर, प्रतिसिलिन्डर कति रुपियाँ मूल्य वृद्धि गर्ने भन्नेमा अहिले छलफल भइरहेको स्रोतको दाबी छ ।
घरायसी र व्यावसायिक प्रयोजनका लागि खपत हुने सिलिन्डरको रङ फरक फरक बनाएर सहुलियतको व्यवस्था भएपछि मूल्य बढाउने निष्कर्षमा निगम पुगेको हो । यसले अहिले भइरहेको घाटामा कमी आउने निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजार मूल्यका कारण ग्यासमा घाटा बढ्दै गएकाले निगमले मूल्य वृद्धि विकल्पको रूपमा अघि सारेको हो ।
‘अन्तर्राष्ट्रिय बजारमूल्यअनुसार ग्यासमा घाटा बढ्दै गएको छ,’ निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भने, ‘घरायसी र व्यावसायिक प्रयोजनमा खपत हुने ग्यासको सिलिन्डर फरकरफरक बनाएर सहुलियतको व्यवस्था गरी मूल्य निर्धारण गर्नुबाहेक निगमसँग अर्को विकल्प छैन ।’ उनले सहुलियत पाउनेलाई परल मूल्यमै ग्यास उपलब्ध हुने समेतबताए । यद्यपि तिहार र छठ पर्वअघि भने मूल्य निर्धारण नहुने निगमले जनाएको छ ।
भारतीय आयल निगम (आइओसी) ले एक नोभेम्बरमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमको कुल घाटामा केही कमी आए पनि एलपी ग्यास र डिजेलमा भइरहेको नोक्सानी नघटेपछि मूल्यवृद्धिलाई विकल्प बनाएर निगम आवश्यक गृहकार्यमा जुटेको जनाइएको छ । निगमका अनुसार अहिले ग्यासमा प्रतिसिलिन्डर ५ सय ८ रुपियाँ ९३ पैसा घाटा छ । यो घाटा कम गर्ने एउटै विकल्प मूल्य वृद्धि भएको निगम अधिकारीको तर्क छ ।
अत्यावश्यक वस्तुका रूपमा रहेको एलपी ग्यास र डिजेलमा मात्र निगमलाई अहिले ८१ करोडभन्दा बढी मासिक नोक्सानी रहेको जनाउँदै आएको छ । पटकपटक मूल्य वृद्धि गरे पनि निगमले ग्यास र डिजेलमा घाटा कम गर्न नसक्दा अहिले ८१ करोड ५४ लाख मासिक नोक्सानी बेहोरी रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

आजको प्रमुख समाचार