तिहारका लागि किनमेल बढढ्यो

२६ कार्तिक २०६९, आईतवार १४:१४ मा प्रकाशित

काठमाडौ, २६ कात्तिक । तिहारका लागि आवश्यक पर्ने फलफूल र अरु सामाग्रीको किनबेच बढ्न थालेको छ । बिमिरो, ज्यामिर, अमला, बयर, कटुस, कुचो, लगायतका सामाग्री बजारमा आउने क्रम बढेको बिक्रेताहरुले बताएका छन् ।
भाईटिकाका लागि चाहिने बिमिरो, ज्यामिर, अमला, बयर, कटुस तथा लक्ष्मीपूजाका लागि चाहिने कुचो, रातो माटोको कारोबार शनिबारदेखि बढेको छ ।
कालिमाटी तरकारी बजारमा आइतबार ८० टन सुन्तला, ७र८ टन ज्यामिर, २र४ टन अमला, बयर, कटुस भित्रिएको छ । यस्ता सामान भाईटिकाको दिनसम्मै धेरै कारोबार हुन्छ । यस्तै फूलमाला ल्याउन शनिबारदेखि शुरु भएपनि बिक्री भने सोमबारदेखि मात्रै बढ्ने बिक्रेताहरुको भनाई छ ।
सोमबार कुकुर तिहारको दिनदेखि घर सजाउने लगायतका काममा फूलमाला प्रयोग गर्ने भएकाले भाईटिकाको दिनसम्म नै कारोबार हुन्छ । कालिमाटी तरकारी बजारमा अट्ने सामानलाई भित्रै कारोबार गरिएको र नअटेका, फूटपाथमा राखिएकालाई भने झौखेलको बजारमा पठाईएको कालिमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी