सहमतिको अन्तिम प्रयासमा सरकार

२६ कार्तिक २०६९, आईतवार १४:१३ मा प्रकाशित

काठमाडौ, २६ काठमाडौं । दलिय सहमतिमा बजेट ल्याउनका लागि सरकार अन्मित प्रयासमा जुटेको छ । सरकारले भोली सोमबार अध्यादेशमार्फत् राष्ट्रपति समक्ष बजेट अध्यादेश पठाउने तयारी गरेको छ ।
बजेटमा सहमति जुटाउन सत्ताको नेतृत्व गरी रहेको एमाओवादीको पहलमा आज चार प्रमुख दलको बैठक बोलाइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डको पहलमा बस्न लागिएको कांग्रेस, एमाले तथा मोर्चामा आवद्ध दलको संयुक्त बैठकमा बजेटका विषयमा मात्र छलफल हुने बताइएको छ ।
सत्तारुढ गठबन्धनको शनिबार बसेको बैठकले सहमति जुटाउने जिम्मा एमाओवादी अध्यक्षलाई दिएपछि उनले छलफलका लागि मुख्य दलका नेताहरूलाई आह्वान गर्नुभएको हो ।
विपक्षी दलहरूले सहमतिविनाको बजेट अस्वीकार गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई लिखित आग्रह गरिसकेका छन् । सरकार भने आर्थिक सङ्कट टार्नका लागि भन्दै सहमति नभएपनि बजेट ल्याउने  तयारीमा छ । सरकारले करिब साढे चार अर्ब रुपैपाँ बराबरको अनुमानित बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको