राजसंस्था फर्किन्छः कमल थापा

२६ कार्तिक २०६९, आईतवार १३:५९ मा प्रकाशित

मकवानपुर, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था फर्कने दावी गरेका छन् ।
शनिबार हेटौँडामा भएको कार्यक्रममा बोल्दै थापाले राजसंस्था छिटै फर्कने दावी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणहिटिमा राजाकै हैसियतमा बस्ने ठाउँ मिलाउन सरकारसंग आग्रह गरेका छन् ।
गएको २१ गते पूर्व राजा शाहले राजतन्त्र फर्किने दावी गरे पछि प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा हैसियत भन्दा बाहिर गइरहेको भन्दै सेवा सुविधा कटौती गर्ने चेतावनी दिएका थिए । अध्यक्ष थापाले काँग्रेस एमाले लगायत दलले प्रधानमन्त्री हटाउन गर्न लागेको आन्दोलनमा नागरिक सडकमा नआउने दावी गरे । चुनाव भएर आमूल परिवर्तन हुन्छ भन्ने एजेण्डाका साथ अघि बढे मात्र नागरिक सडकमा आउने अध्यक्ष थापाको भनाई थियो । छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरुले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।