रौतहटमा रक्षक र तस्करबीच गोली हानाहान

२६ कार्तिक २०६९, आईतवार १३:५६ मा प्रकाशित

रौतहट, २६ कात्तिक । रौतहटको विश्रामपुरमा वन रक्षक र तस्करहरुबीच आज बिहान गोली हानाहान भएको छ । सर्लाहीबाट आएका वन तस्करले विश्रामपुरको वृद्धावनबाट काठका गोलिया लैजाने क्रममा गोली हानाहान भएको फरेष्टर विमल चौधरीले जानकारी दिए । जंगलबाट टायरगाडामा काठ लैजान लागेका समयमा फरेष्टर चौधरी नेतृत्वको टोलीले फयरिङ शुरु गरेको थियो । तस्करले समेत आफूहरुलाई फायरिङ गर्दै भागेको चौधरीको भनाई छ ।
तस्करलाई नियन्त्रणमा लिन वन गस्ती टोलीले २० राउण्ड गोली चलाएको छ । तस्करहरुले पनि १२ राउण्ड फायरिङ गरेका थिए । तस्करहरुलाई पछ्याउँदै जाँदा वन रक्षक टोलीले पौराईवाट तीन वटा टायरगाडामा एक सय पचास क्यूफिट बराबरका ६ थान सालको गोलिया वरामद गरेको छ । वन रक्षकहरुले गोली हान्न थालेपछि तस्करहरु गोरु लिएर सर्लाही तर्फ भागेका छन् । जिल्लामा सबै भन्दा वढि काठ तस्करी वृद्धावन रेञ्जपोष्टमा हुने गरेको छ । सो क्षेत्रमा तस्करहर हतियार सहित वन प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना