सहमतिमा मात्र बजेट ल्याउनु पर्छः कांग्रेस

२६ कार्तिक २०६९, आईतवार १३:५३ मा प्रकाशित

काठमाडौ, २६ कात्तिक । नेपाली कांग्रेसले सहमतिमा मात्र बजेट ल्याउनु पर्नेमा जोड दिएको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगंजमा आइतबार बिहान भएको केन्द्रीय सदस्यहरुको छलफलबाट यस्तो निष्कर्ष निकालेको हो ।
बैठकमा बजेट तथा विपक्षी दलहरुले गर्न लागेको आन्दोलनका कार्यक्रमका बारेमा छलफल भएको थियो । छलफलमा सहमतिबिना बजेट ल्याउन नहुने र चुनाव पनि हुन नसक्नेमा सबै सदस्यहरुको एक मत रहेको बैठकपछि पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए । विपक्षी दलहरुले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा पनि सहभागि कांग्रेस नेताहरुले निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत