बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी

२६ कार्तिक २०६९, आईतवार ०९:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ कात्तिक । रुपन्देही व्यापार संघले आगामी पुष ६ देखि १७ गतेसम्म बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्ने भएको छ । मेलाको तयारी सुरु गरिएको ब्यापार संघका अध्यक्ष टंक पोखरेलले जानकारी दिए । मेला व्यवस्थित र प्रभावकारी गराउनका लागि आवश्यक सबै कामहरु अगाडि बढाइएको उनले बताए । यसअघिका अन्य ब्यवसायिक संस्थाले आयोजना गरेका मेला र प्रर्दशनीहरुका अनुभवबाट आमउपभोक्ताको चाहानाअनुसार ब्यापार मेला आयोजना गरिने प्रतिवद्धता पनि उनले जनाए । रुपन्देही व्यापार संघको आयोजना, जिल्ला विकास समिति रुपन्देही र बुटवल नगरपालिकाको सहआयोजनामा हुने लुम्बिनी एक्सपो – २०१२ नामा दिइएको अन्तर्राष्ट्रिय व्यापार मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सफल बनाउन ५२ सदस्यीय मूल आयोजक समिति, ९ सदस्यीय स्टेरिंग कमिटि एवं ३९ वटा उपसमितिहरु गठन गरी आवश्यक तयारी अगाडी बढाइएको प्रचारप्रचार संयोजक डिल्लीराम भण्डारीले बताए । मेलामा सार्क राष्ट्र र चीनलगायत अन्तर्राष्ट्रिय स्तरका वहुराष्ट्रिय कम्पनीहरुका उत्पादनका लागि ५० वटा स्टलसहित कुल ५ सयभन्दा बढी स्टलहरु निर्माण गरिने र लुम्बिनी एक्सपोबाट करिब २५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले बताउनु भयो । एक्सपोकै क्रममा गोष्ठी, सेमीनार, अन्तरक्रियाहरु लुम्बिनीको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका र महŒवका बारेमा पनि छलफल चलाइने बताइएको छ । मेलाका अवसरमा व्यापारको विकासका चुनौति, व्यापारीहरूले झेल्नु परिरहेका समस्या, उपभोक्ताहरूको चाहना, स्थिति, परिचय र प्राथमिकता, सरकारी नीतिहरूका बारेमा छलफल चलाउने र बजार प्रवद्र्धन तथा गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने कसरी गर्ने भन्ने बारेमा पहल हुने पोखरेलले बताए । मेलाबाट व्यापारबारे जनचेतनाको विकास हुने, उद्यमीहरू, व्यवसायीहरु, दर्शकहरु र विभिन्न संस्थाहरुका वीचमा अन्तरसम्बन्धको विस्तार हुने, पर्यटनको सम्भावना र प्रगतिको प्रचार(प्रसार, सरकार र निजी क्षेत्र बीचमा समस्याको पहिचान गरी अवसर र सुधारको निमित्त सुझाव आदान(प्रदान हुने छ । विदेशी व्यापारीहरुस“ग अनुभव आदानप्रदान, कृषिलाई व्यवसायीकरणतर्फ उन्मुख गराउन सहयोग पु¥याउने विश्वास पनि गरिएको छ । मेलामा उद्योगको उत्पादन, कृषि उत्पादन, पर्यटन पर्वद्धन र अटोको विकासलाई प्राथमिकतामा राखिएको छ । जसमा कृषिलाई पहिलो पहिलो प्राथमिकतामा राखिएको अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी