आज देखि तिहार सुरु, भाई टिकाको सुभ साईत ३० गते ११ बजेर २३ मिनेट जाँदा

२६ कार्तिक २०६९, आईतवार ०९:२३ मा प्रकाशित

काठमाडौ, २६ कार्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज देखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन आजदेखि यमपञ्चक सुरु भएको छ । आज देखि साँझ देउशी भैलो खेल्न आउनेहरुलाई दीप दान गरिन्छ । पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना भई बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यसैबीच कात्तिक ३० गते बिहीबार कार्तिक शुक्ल द्वितीयाका दिन अर्थात् यमपञ्चकको अन्तिम दिन ३० गते मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीका लगाउने सुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ