म सुत्ने ठाउँमा प्रधानमन्त्रीलाई सुताउछु: मुस्तफा दर्जी

२६ कार्तिक २०६९, आईतवार ०७:४० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ कार्तिक । महिनाको एक दिन सर्बसाधारणका घरमा बास बस्न प्रधानमन्त्री आइतबार कपिलबस्तु आउने भएका छन् । प्रधानमन्त्री मुलुकमै सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको  मुस्लिम परिबारमा बस्न आउने भएका हुन् । उनी जिल्लाको सुदर पश्चिम चनई गाबिस–१ चनईका बेपत्ता परिबार मुस्तफा दर्जीको घरमा बस्ने कार्यक्रम रहेको छ । प्रधानमंत्री एक रात वस्न आउने खबरसंगै वेपत्ता पारिएका मुस्तफा दर्जीका परिवारजन निकै खुशी भएका छन् । प्रधानमंत्रीलाई आफ्नो क्षमता अनुसार घरमा जे छ, त्यही खान दिन दिन्छौं, प्रधानमंत्रीको खानपिन र अन्य व्यवस्थाका लागि ५। १० हजार रुपैया ऋण लिएरै भए पनि राम्रो व्यवस्था मिलाउने मुस्तफा दर्जीकी पत्नि जयनम निसाले बताईन् । त्यस्तै उनले आफुहरु सुत्ने पलंगमा प्रधानमन्त्रीलाई सुताउने बताए । ४ दिन अघि मात्रै प्रधानमंत्री आफ्नो घरमा बास बस्न आउने खबर पाएका उनीहरु अहिले आफ्नो घर सरसफाई तथा अन्य आवश्यक व्यवस्था मिलाउन जुटेका छन् । सशस्त्र द्वण्द्वका बेला ०६२ पुष माघ तिर मुस्तफालाई माओवादीको आरोपमा सुरक्षा फौजले घरबाटै पक्राउ गरेको थियो । कारागारमा थुनामा रहेका उनी ०६२ चैत्र २५ गते माओबादीद्वारा सदरमुकाम आक्रमणका दिनबाट बेपत्ता छन् । आईसीआरसीले भने मुस्ताफाको मृत्यु भइसकेको तर मानव अवशेष कहा छ भन्ने जानकारी नभएको जनाएको छ । यी वेपत्ता परिवार आफ्नो अभिभावकको अभावमा निकै कष्टपुर्ण जीवन विताईरहेका छन् । प्रधानमंत्री घरमै आएर एक रात बस्ने भए पछि आफुहरुले भोग्दे आएको दुख पिडा र आफ्ना अपेक्षाहरु उनी सामु राख्ने मुस्तफाकी पत्नी जयनम तथा छोरा सद्दाम दर्जीले बताए । घरमा शौचालय नभएका कारण शौचालय निर्माणका लागि चनई गाविसका सचिवले गाविस कोषबाट सहयोग गरेका छन् । अहिले घरसंगै पक्की खाल्टे चर्पी निर्माण गर्न मिस्त्री लेवरका साथमा मुस्तफा परिवार जुटेका छन् । प्रधानमंत्री रात बस्न आउने खबरले अहिले चनई गाउंका सवै जनता उत्साहित बनेका छन् । प्रधानमन्त्री डाक्टर बाबुराम भट्राई कपिलवस्तु आउने भएपछि जिल्लाका प्रशासनिक र सुरक्षा निकायलाई भ्याइनभ्याइ भएको छ । प्रधानमन्त्री आउने खवरसँगै यस अगाडी पटक पटक आग्रह गर्दा वर्षापछि नवनेका टिक्कर बुड्ढी तौलीहवा, खगेन्द्रपुर चनई महाराजगञ्ज सडक खण्ड हतार हतारमा ग्राभेल गर्ने काम थालीएको बुडढी गाविसका स्थानिय बासिन्दा भिमलाल ज्ञवालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार