एमाओवादीसंग वार्ता गर्नु निरर्थक: एमाले सचिव विष्णु पौडेल

२६ कार्तिक २०६९, आईतवार ०७:३७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २६ कार्तिक । एमाले सचिव विष्णु पौडेलले एमाओवादीसंगको वार्ता र छलफलले मुलुकले निकाश नपाउने भएकाले आन्दोलनको बिकल्प नभएको बताएका छन । नवलपरासीको सदरमुकाम परासीमा एमालेले निर्माण गरेको मनमहोन स्मृति भवनको उद्घाटन गर्दै पौडेलले माओवादीले संबिधानसभा बिघटन गरेर मुलुकलाई अलमल्याउन खोजेको आरोप लगाए । एमाओवादीले न चुनाव गर्न सक्छ न त् सरकार छाड्न सक्छ’ सचिब पौडेलले भने । उनले विवादित बिषयमा सहमति पनि नखोज्ने चुनावमा पनि जान डराउने एमाओवादीका कारण देशले निकास पाउन नसकेको बताए । कार्यक्रममा बोल्दै पुर्ब राज्यब्यबस्था समीतिका सभापति रामनाथ ढकालले एमाओवादी संबिधान सभा बिघटन गरेर राज्यसत्ता कब्जा गर्ने रणनितिमा लागेको आरोप लगाए । उनले एमाओवादी अधिनायकबाद तर्फ लम्किरहेको र नेपालको लोकतन्त्र समाप्त पार्ने लागेको आरोप समेत लगाए । कार्यक्रममा एमालेका केन्द्रिय सदश्य शान्ता मानवी, एमाले स्थानीय नेता इश्यरी पाण्डे ,उद्योग बाणिज्य सघका अध्यक्ष बैजनाथ जैसवाल, पुर्ब सभासदहरु शान्ता मानवी, एमाले नवलपरासीका सचिब थान प्रसाद गैरेको सभापतित्वमा भएको कार्यक्रममा एमाले नवलपरासीका अध्यक्ष तिलक महतले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार