स्पेनको बार्सिलोनामा तिहार विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न

२६ कार्तिक २०६९, आईतवार ०४:०९ मा प्रकाशित

प्रकाश तिवारी, स्पेन । विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षण गरौ भन्ने उद्देश्यका साथ स्पेनमा रहेका कला, साहित्य र संगीत प्रेमी साथीहरुलाई एक ठाउँमा सम्मिलित गर्दै कलाकार संघ स्पेन गठन भएको हो।

यो संगठन गठन भएको मात्र ३ महिना पनि नपुग्दै छोटो समयमै कलाकार संघ स्पेनले नेपालबाट पाल्नु भएका ख्याती प्राप्त हाँस्य कलाकारहरु किरण के.सी (राता मकै), शिव हरि पौड्याल (मुखाँ हान्नु जस्तो), चर्चित गायक, गायिका रामचन्द्र काफ्ले र जुनु रिजालको उपस्थितीमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न सफल भएको छ। कलाकार संघ स्पेनका अध्यक्ष दिपक सुबेदीको सभापतित्वमा सम्मपन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा एन आर एन आइ सी सी सदस्य पुष्प राज तिमिल्सीना हुनुहुन्थ्यो। विषेश अतिथीको रुपमा स्पेनमा रहेका संघ संगठनका पदाधिकारी, समाज सेवी र पत्रकारलाई राखिएको थियो। कार्यक्रममा प्रमुख अतिथि र विषेश अतिथिहरुलाई खादा ओडाएर कलाकार संघ स्पेनका प्रमुख सल्लाहकार तथा उक्त कार्यक्रमका संयोजक निरज पोख्रेलले सम्मान गर्नुभएको थियो साथै उपस्थित सम्पुण स्पेनबासी नेपाली दाजुभाई दीदी बहिनीहरुमा स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुष्प राज तिमिल्सीना र विषेश अतिथि रामलाल कंडेलले संयुक्त रुपमा गर्नुभएको थियो।

औपचारिक कार्यक्रमको सञ्चालन कलाकार संघ स्पेनका महासचिव प्रकाश तिवारीले गर्नुभएको थियो भने साँस्कृतिक कार्यक्रमको सञ्चालन एक राज गिरीले गर्नुभएको थियो। २०० भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा स्थानीय कलाकार प्रकाश तिवारी, खुश्वु खड्का र तुलसी सिवाकोटीले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो। कार्यक्रमा किरण के.सी र शिव हरि पौड्यालका हाँस्य प्रस्तुतीले दर्शकहरुलाई पेट मिची मिची हसाउन सफल भएका थिए। भने राम चन्द्र काफ्ले र जुनु रिजालका गीतमा दर्शकहरु मस्त सँग झुमेका थिए। करिब ४ घण्टा लगातार चलेको उक्त कार्यक्रम मनोरञ्जनले भरिपूर्ण थियो। छोटो समयमै उतकृष्ट कार्यक्रम गर्न सफल भएकोमा कलाकार संघलाई दर्शक साथै अतिथिहरुले धन्यबाद दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको