न्युयोर्कका नेपालीले मनाय लक्ष्मी जयन्ती बिशेष देउसी भैलो कार्यक्रम

२५ कार्तिक २०६९, शनिबार २३:५८ मा प्रकाशित

न्युयोर्क,२५ कात्तिक । अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले प्रत्यक बर्ष आयोजना गर्दै आएको लक्ष्मी जयन्ती बिशेष देउसी भैलो कार्यक्रम ज्याक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार सम्पन्न भयो । महाकवि लक्ष्मी प्रशाद देवकोटाको १०३ औ जन्म दिनको सम्झनामा आयोजित कार्यक्रम राष्ट्रसंघका लागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी सेवा लम्साल अधिकारीको प्रमुख अथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङ लिम्बूको आतिथ्य तथा प्रा.डा.गोविन्द कोइराला र साहित्यकार चुंडा बसन्त लम्सालको अथित्यमा भएको कार्यक्रम नेपली राष्ट्रीय गानका साथ शुरु गरिएको थियो । सोही अवसरमा न्यूयोर्क तथा छिमेकी राज्यहरुमा समुद्री आँधीका कारण ज्यान गुमाएका मृतक आत्माको चीर शान्ति कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा पञ्चकन्याबाट दिप प्रज्वलन सहित महाकविको तस्वीरमा मल्यार्पण गरिएको थियो । वयस्क र बाल कविता प्रतियोगिताको समेत आयोजना गरियको सो कार्यक्रममा बाल कविता वाचन प्रतियोगिता अन्तर्गत प्रज्ञा सापकोटा, सिम्नी निरौला, सीना निरौला र बिक्रान्त बिष्टले कविता वाचन गरेका थिए भने वयस्क कविता वाचन प्रतियोगितामा देवेन्द्र लिम्बू सम्बाहम्फे, बीरेन्द्रहाङ लाबुङ लिम्बू र अनुपमा सापकोटाले कविता वाचन गरे । कार्यक्रममा ज्योती पौडेल,परीता राजभण्डारी,गोविन्द कोइराला,मनु लोहोरुङ, चुंडा बसन्त लम्साल, गीता पन्थ,राजेन्द्र श्रेष्ठ,नगेन्द्र ईङनाम ‘आठराईली’ ,पूनम काङ्खले, मूना बेल्बासे, कमला प्रसाइ र बिनोद रोकाले आ–आङ्खना रचनाहरु वाचन गरेका थिए भने मृदला कोइराला र बिकास बिष्टले महाकबि को मुनामदनको गीत् प्रस्तुत गरेका थिए । बयस्क प्रतियोगीहरुकातर्फबाट बिरेन्द्रहाङ लाबुङ लिम्बु प्रथम, देबेन्द्र लिम्बु दोश्रो र अनुपमा सापकोटा तेश्रो भएका थिए भने बाल प्रतियोगीहरुकातर्फबाट बिक्रान्त बिष्ट प्रथम, सिम्नी निरौला दोस्रो र प्रज्ञा सापकोटा तेस्रो भएका थिए । बिजयी कवि कवयत्रीहरुलाई प्रमुख अतिथी लम्सालले पुरस्कार बितरण गरेकी थिईन । निणार्यकहरुमा ज्योती पौडेल, डा तारा निरौला,कमला प्रसाई र गीता पन्थ रहेका थिए । महाकवि लक्ष्मी प्रसाद देबकोटाको बारेमा प्रकाश पार्दै साहित्यकार अमर नेम्बाङ लिम्बूले देवकोटा अन्तराष्ट्रिय स्तरको साहित्यकार भएको र उनले नै नेपाली साहित्यमा स्वछन्ताबादको प्रबेश गराएको उल्लेख गरेका थिए । गोविन्द कोइरालाले देवकोटाको कृति तथा नेपाली साहित्यमा महाकविको योग्दानको बारेमा प्रकाश पारेका थिए भने सस्थाका प्रमुख सम्पादक धनीराम सापकोटाले देवकोटाको बारे मा छोटो मन्तब्य ब्यक्त गरे । प्रमुख अतिथि कावा महामहिम लम्सालले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको संरक्षण र सम्बर्दनको निम्ती समाजले गरेको कार्यको प्रसंशा गरिन् । आयोजक संस्थाका महासचिव बिकास बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मोहिनी सैंजूले आथिर्क प्रतिवेदन पेश गरेकी थिईन । समाजकी भूतपूर्व अध्यक्ष ज्योति पौडेलले चाहीं समाजको स्थापना र वर्तमान स्थिती सम्बन्धी प्रकाश पारेकी थिइन् । सो अवसरमा संस्थालाई अमुल्य योगदान दिएबापत पुर्व अध्यक्ष ज्योति पौडेललाई सम्मानित गरिएको थियो । सोहि अवसरमा संस्थाका मिडिया संयोजक ,पत्रकार तथा साहित्यकार नगेन्द्र ईङनाम ‘आठराईली’ को सम्पादकत्व र न्युयोर्कवासी साहित्य अनुरागीहरुको पहलमा नयाँरचना डटकम नामक साहित्यिक वेबसाईटको शुभारम्भ गरियो । महासचिव बिकास बिष्टद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष सीता खरेलले उपस्थिती स्वागत मन्तव्य एवम अध्यक्ष पूनम काङ्खलेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । अन्त्यमा पञ्चकन्यालाई दिप सहित अगाडी लगाउदै देउसी भैलीका गीत गाउँदै सहभागीहरुले दीपावलीसहित सामूहिक नाचगान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार