विपक्षीको आन्दोलन परिवर्तन विरोधीः दाहाल

२५ कार्तिक २०६९, शनिबार १७:०४ मा प्रकाशित

काठमाडौँ, २५ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलले गर्ने भनिएको आन्दोलन परिवर्तन विरोधी भएको आरोप लगाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उृनले भने, ‘यो आन्दोलन गर्ने बेला नभई सहमतिमा आएर राष्ट्रिय समस्य समाधान गर्ने बेला हो ।’
उनले विपक्षी दलहरु सहमतिमा आउन नचाहेको पनि बताए । उनले भने, ‘विपक्षी दलहरुहरु सहमतिमा आउने भए आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने नै थिएनन् ।’
विपक्षी दल कांग्रेस एमालेसहित अन्य १९ दलले आज मात्र भट्टराई सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषण गर्दै आन्दोलनबाटै सरकार ढाल्ने बताइरहेका बेला दाहालको यस्तो कडा प्रतिक्रिया आएको हो । अध्यक्ष प्रचण्डले अन्य दलहरूसँग अन्तिम समयसम्म बजेटका विषयमा सहमति जुटाउन छलफललाई निरन्तरता दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको