बाबुराम नेतृत्वको सरकारसंग सहकार्य हुँदैनः गौतम

२५ कार्तिक २०६९, शनिबार १७:०२ मा प्रकाशित

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलेको आरोप लगाएका छन् । दिपावली, नेपाल सम्वत्, छठ र ईदको उपलक्ष्यमा नेकपा एमाले काठमाडौ ३ नं क्षेत्रीय कमिटीद्वारा आज जोरपाटीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गौतामले यस्तो आरोप लगाएका हुन् ।
एकदलीय तानाशाह शासन लाद्न एमाओवादी अग्रसर रहेकाले बाबुराम भट्टराई प्रधानमन्त्री रहेसम्म कुनै सहकार्य हुन नसक्ने गौतमको भनाई थियो । सहमति विना जबरजस्ती बजेट ल्याए कार्यान्वयन हुन नदिने अडानमा विपक्षी दलहरु रहेको उपप्रधामन्त्री समेत रहेका गौतमले भने ।
कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य रामेश्वर फुँयालले एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेकाले अब अर्को जनआन्दोलन नगरी लोकतन्त्र सुरक्षित हुन नसक्ने बताए ।
एमाले काठमाडौँ जिल्ला अध्यक्ष निर्मल कुँइकेलले एमाओवादीको नियत सत्ता कब्जा भएकाले संविधान लेखन अलपत्र परेको हो, भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार