उपत्यकाका विभिन्न स्थानबाट सुरक्षा सचेतना र्‍याली निकालियो

२५ कार्तिक २०६९, शनिबार १६:४६ मा प्रकाशित

काठमाडौ, २५ कात्तिक । महानगरीय प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट सुरक्षा सचेतना र्‍याली निकासलिएका छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रहरी परिसर, वृत्त, प्रभागको सहभागीतामा उपत्यकाका ३३ ठाउँबाट र्‍याली गरिएको हो ।
स्थानीय समुदाय र नागरिक समाजको समेत सहभागीतामा शान्ति सुरक्षा प्रभावकारी हुने भएकाले सहभागितामूलक सचेतना र्‍याली गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार महानगरीय प्रहरी दिवस मंसीर ६, ७ र ८ गते विशेष कार्यक्रमका साथ मनाईंदैछ । दिवस मंसीर एक गते नै भएपनि तिहारको बिदाका कारणपछि मनाउन लागिएको प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले जानकारी दिए । दिवसका अवसरमा ट्राफिक सप्ताह, रक्तदान, हाफ म्याराथन, सरसफाई लगायतका कार्यक्रम गरिने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना