डा.मथुराप्रसाद श्रेष्ठलाई स्वर्ण पदक

२५ कार्तिक २०६९, शनिबार १६:४२ मा प्रकाशित

काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नागरिक आन्दोलनका अगुवा एवम् मानवअधिकारकर्मी डा मथुराप्रसाद श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गरेका छन् । सर्वमान्य नेता गणेशमान सिंहको ९७ औँ जन्मजयन्तीमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा सो पुरस्कार स्थापना गरिएको थियो । डा। श्रेष्ठले २००७ सालको क्रान्तिदेखि २०६२÷६३ सालको लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनसम्म उल्लेखनीय योगदान पुर्यातउनु भएबापत उनलाई सो सम्मान प्रदान गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
डा श्रेष्ठ २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री थिए। सो अवसरमा राष्ट्रपति डा यादवले नेपालको प्रजातान्त्रिक आन्दोलन २०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मरणमा पुरस्कार स्थापना हुनु र नागरिक अगुवा डा श्रेष्ठले सो पुरस्कार पाउनु नेपाली जनताको लोकतन्त्रप्रतिको आस्था र सराहनीय कार्य हो भने।
राष्ट्रपति डा यादवले शान्ति वाटिकामा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्नुका साथै सहिदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना