विपक्षीहरुले संबैधानिक राष्ट्रपतिलाई राजा बनाउन खोज्दैछनः मन्त्री रायमाझी

२५ कार्तिक २०६९, शनिबार १६:१० मा प्रकाशित

काठमाडौ, २५ कात्तिक । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले विपक्षीहरुले संबैधानिक राष्ट्रपतिलाई उचालेर राजा बनाउन खोजेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा जालन्धर पाख्रिनलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले संबैधानिक राष्ट्रपतिसँग कार्याकारी सरकारले ल्याएको पुर्ण बजेट स्विकार्नुको विकल्प नभएको बताए ।
उनले भने–कार्यकारी सरकारले गरेको निर्णय सेरोमोनियल राष्ट्रपतिले स्विकार्नै पर्छ । सरकारलाई काम चलाउ भन्ने हो भने राष्ट्रपति पनि कामचलाउ भईसकेका छन् ।
मन्त्री रायमाझीले सरकारले ल्याएको बजेट राष्ट्रपतिले स्विकार नगरी विपक्षीको रोक्ने आग्रहमात्रै स्विकार गरे मुलुक सरकारले नभई विपक्षीले चलाएको प्रमाणित हुने दावी गर्दै विपक्षी दलहरुको लक्ष्य कुर्सिमात्र भएकोले मुलुकमा सहमति बन्न नसकेको ठोकुवा गरे ।
निर्वाचनमा जाने घोषण प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेकोले उहाँकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने भन्दै निर्वाचनमा सहमति नभए संविधानसभा पुनःस्थापना गरेर संविधान जारी गर्न पनि माओवादी तयार रहेको स्पष्ट पारे । उनले भने–यो पनि गर्न नमान्ने, त्यो पनि गर्न नमान्ने विपक्षीहरुसँग निकासकोलागी कुनै मार्गचित्रनै छैन । सरकारसँग स्पष्ट एजेण्डा छ, निर्वाचन वा पुनःस्थापना ।
उनले आफूहरुमाथि लागेको सत्ताकब्जाको आरोपको खण्डन गर्दै राष्ट्रपति पनि काग्रेसको र प्रधानमन्त्री पनि काग्रेस बन्नु चाही सत्ताकब्जा हुने दावी गरे । प्रधानमन्त्री र राष्ट्रपति एउटै पार्टीका भए नियन्त्रण गर्ने निकाय नहुने भएकोले मुलुक लथालिङ हुने आशंका ब्यक्त गरे ।
कार्यक्रममा शान्तिकोलागी ७५ वटै जिल्ला पैदल यात्रा गर्ने जालन्धर पाख्रिनलाई मन्त्री रायमाझीले शान्तिकालागी गरेको कामको सरहाना गर्दै अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

काठमाडौं । अर्ली इलेक्सनको चर्चा सत्तारुढ दलबाट सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसलाई स्वागत गर्ने जनाएको छ ।

धनगढी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ (निर्धारित अवधिभन्दा अघि नै चुनाव) नहुने बताएका छन्। आज बिहान धनगढी

आजको प्रमुख समाचार