सोमबार बजेट अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने

२५ कार्तिक २०६९, शनिबार १६:०५ मा प्रकाशित

काठमाडौं, २५ कात्तिक । सरकारले आगामी सोमबार राष्ट्रपति समक्ष बजेट अध्यादेश पठाउने भएको छ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाका अनुसार सरकाले राष्ट्रपति समक्ष बजेट अध्यादेश पठाउन लागेको हो । प्रवक्ता सापकोटाले पत्ररकार सम्मेलनमा दिएको जानकारी अनुसार सरकारले दलिय सहमति नभए पनि सोमबार बजेट अध्यादेश राष्ट्रपति समक्ष पठाइने छ ।
आफ्नो पार्टीले बजेट ल्याउन प्रधानमन्त्रीलाइ भनिसकेको र सत्तारुढ दलबीच पनि सहमति भैसकेकोले बजेट नरोकिने भन्दै उहाँले राष्ट्रपतिले पनि सकारात्मक भूमिका खेल्ने बताए । विपक्षी दलको आन्दोलन गलत भन्दै सापकोटाले विपक्षी दलको ध्यान सत्तामा रहेको र त्यसै अनुसार राष्ट्रपतिलाइ उचालेर सत्ता हत्याउन खोजेको सापकोटाको आरोप थियो । ‘उहाँहरु सहमति चाहानुहुन्न’, सापकोटाले भने, ‘आन्दोलन घोषणा र राष्ट्रपतिलाइ ज्ञापन पत्र बुझाउने कामले त्यही पुष्टि हुन्छ ।’
संविधान जारी भए काँग्रेसको नेतृत्व र चुनावमा जाने भए वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सरकार हुनुपर्ने सापकोटाले दोहोर्‍याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार