म हिटलरको छिमेकी ! एउटा रोमान्चकारी सम्झना

२५ कार्तिक २०६९, शनिबार १०:३६ मा प्रकाशित

काठमाडौं, २५ कार्तिक । एडगर फोएथवेंगरको बाल्यकाल म्यूनिखमा बित्यो जहाँ उनि हिटलरको छिमेकी थिए । उनि ९ नोभेम्बर १९३८ सम्मनै हिटलरको छिमेकी थिए । जुन रात जर्मन यहुदीको नरसंहार सुरु गरिएको थियो । समय बितेको पत्तो नहुने रहेछ, थाहै नपाई आठ दशक बितेछ, आज पनि एडगरको आँखामा एडल्फ हिटलरको तस्बिर जिवितै छ । यो घटना १९३० को दशकको सुरुवाती दिनको हो जति बेला एडगर ८ बर्षका थिए । उनि आफ्ना धाइआमाका साथ् घुम्न निस्कन्थे, त्यति बेला नाजी नेता एडोल्फ हिटलरलाई पहिलो पल्ट देखेका थिए । हिटलरको बिशेष पहिरनलाई सम्झिदै एडगर भन्छन, ‘ उनले मलाई सिधै हेरे तर उनि मुस्कुराय भन्न म सक्दिन ।’ एडगरलाइ सम्झना छ हिटलर जब सडकमा हिडिरहेका हुन्थे केहि मान्छेहरु उनलाई टाढै बाट अभिबादन गर्थे जवाफमा हिटलर अनौठो तरिकाले टोपी फुकालेर अभिवादन गर्थे र कारमा आफ्नो बाटो लाग्थे र मे हेरी रहन्थे । त्यति बेला एडगरको उमेर सारै कम थियो, के साच्चै एडगर हिटलरलाई चिन्थे, यसको जवाफमा एडगर भन्छन, ‘ म उनलाई चिन्थे र जान्दथे भलै म सानो बालक किन नहु, हिटलर चान्सलर जसको दबदबा थियो र दुनियाँ उनलाई जान्दथ्यो । उनि भन्छन, ‘ मलाइ हिटलर देखेर डर लागेन, म त् हेरी रहन्थे, उस्त्सुकता पुर्वक हेरी रहन्थे’ । यति बेला एडगर ८८ बर्षका भए । एडगर भन्छन, ‘ त्यति बेला मलाइ हिटलर देख्नु कुनै ठुलो कुरा लाग्दैन थियो यो सोच्न पनि नसकिने कुरा हो तर म त्यही व्यक्ति हुँ जसले दिनहु हिटलरलाई देख्थे र हिटलर तिनै व्यक्ति हुन जसले दुनिया हल्लाएका थिए ।’ उनलाई आफ्नो बाल्यकालको अरु पनि रमाइला क्षणको याद आउछ । जस्तो उनि भन्छन, ‘ मेरी आमा भन्थिन बाबु आज दुध वालाले हाम्रो घरमा दुध ल्याएन थाहा छ किन सबै दुधको बोतल हिटलरको घरमा दियो ।’ एडगर बताउछन जब उनि स्कुल जान्थे हिटलरको घरको बाटो भएर जान्थे र मन मनै भन्थे आज हिटलरको एक झल्को पाइयोस, देख्न मात्रै भए पनि पाइयोस । एक दिन त उनि हिटलरको घरको मुलढोका सम्म पुगे र हेरे कि ढोकामा हिटलरको नाम लेखिएको छकी छैन । उनि भन्छन, ‘हिटलर साताको अन्तिम दिन छुट्टी मनाउन म्यूनिख आउथे र घर अगाडी गाडी देखेर उनि आए नआएको पत्तो लाग्थ्यो ।’ एडगर आफ्नो स्कुले दिनको याद गर्दै भन्छन त्यति बेला स्कुलमा पनि नाजी विचारधारा बारे जानकारी दिइन्थ्यो । उनि भन्छन, ‘स्कुलका ति दिनहरुमा नाजी विचारधारा पढाइन्थ्यो । उनका शिक्षक यस्ता पनि थिए जो उनि जस्ता केटा केटीको कपिमा स्वस्तिक को निशान बनाउथे र जर्मन बिरोधि नामहरु भनिन्थ्यो जस्तो बेलायत रुस र अमेरिका ।’ एडगर भन्छन, ‘हामीलाई थाहा थियो हिटलर सत्तामा आए भने हामी यहुदीलाई खतरा हुनेछ ।’ एडगरका बाबु र ठुला दाई लियन एडगर नाजी बिरोधि नाटक लेख्थे जो त्यो समाजमा सुपरिचित पनि थिए । उनको घर नाजीहरुले तोडफोड गर्दिएका थिए र उनीहरुले १९३३ मा जर्मनी छोड्नु पर्यो जहाँ उनीहरु कहिल्यै फर्केनन् । यो घटना १० नोभेम्बर १९३८ को हो त्यति बेला एडगरको उमेर १४ बर्षको थियो जति बेला जर्मनीमा यहुदीहरुलाई नाजीहरुले नियोजित तरिकाले आक्रमण गरिरहेका हुन्थे । एडगर बताउछन केहि मान्छेले उनको बाबुलाई जबर जस्ती लगे जुन घटना उनीहरुको परिवारको लागि महत्वपूर्ण घटना थियो तर उनका बाबु आश्चर्यजनक तरिकाले बाँचे । जब उनको बाबु फिर्ता आए एडगरको परिवार ज्यान बचाउने उदेश्यले जर्मन छोड्ने निधोमा पुगेको थियो । बर्ष १०३९ मा उनको पुरै परिवार बेलायत पुगी सकेको थियो । दोश्रो विश्व युद्द समप्त भए पछी १९५० को दशकमा एडगर पुन एक पटक जर्मन गए जहाँ हिटलर बस्थे । एडगर बताउछन उनि दोश्रो विश्व युद्द समप्त भए पछी १९५० को दशकमा जर्मन जादा पनि उनको घर उस्तै थियो तर आज त्यहा केहि चिज पनि बचेको छैन जुन चिजहरुले हिटलरले विश्व इतिहासमा कति ठुलो असर पारे भन्ने झल्को देओस । श्रोत (बिबिसी वर्ल्ड सर्विस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१