हिरोइनका रोजाइमा डनहरु

२५ कार्तिक २०६९, शनिबार ०६:४० मा प्रकाशित

नेपालको ग्लामर दुनियाँ त्यसै पनि बदनाम छ। निर्देशक, निर्माता र नायकको नायिकासँगको सम्बन्ध, सम्बन्धबिच्छेद जस्ता घटना नेपाली सिनेदुनियाँमा सामान्य हुन थालिसके। अझ यस्ता स्क्यान्डलमा नायिकाहरु अगाडि छन्। नायिका रेखा थापाले छवि ओझासँग सम्बन्ध बिच्छेद गरे। संचिता लुइँटेल विवाहित निखिल उप्रेतीसँग विवाह गरे। पूजा लामा, दिनेशी डिसीसँगको स्क्यान्डल धेरै पुरानो भएको छैन। निर्देशक दीपक श्रेष्ठले युना उप्रेतीलाई धेरै वर्ष गर्लफ्रेन्ड बनाए। नायक भुवन केसीको हातबाट कुनै हिरोइन उन्मिन नसकेको हल्ला छ। जबकि उनै नायक केसीको सुस्मिता केसीसँग दुईचोटी बिहे भएर दुईचोटी सम्बन्ध बिच्छेद भयो। कलिउडमा यस्ता स्क्यान्डल खोज्नेहरु भने सयौं भेटिन्छन्। तर, पछिल्लो समयमा भने निर्देशक तथा निर्मातासँग नायिकाको त्यति धेरै स्क्यान्डल बाहिर आएका छैनन्। किनकि धेरै जसो नायिकाको गुण्डागर्दीका नाइके तथा डनहरुसँग सम्बन्ध गाढा भएको छ। धेरैजसो नायिकाले गुण्डागर्दीमा संलग्नहरुलाई आफ्नो ब्याइफ्रेन्ड बनाउन थालेका छन्। डिजे तान्त्रिकसँगको ब्लु भिडियो बाहिर आएपछि कान्तिपुर एफएमका आरजे रेमन श्रेष्ठसँग ब्रेकअप गरेकी नायिका नम्रता श्रेष्ठले समेत गुण्डागर्दीमै संलग्न व्यक्तिलाई ब्याइफ्रेन्ड बनाएकी छिन्। पहिला डन दीपक मनाङेका सहयोगी रहेका ठमेलका प्रेम घले अहिले नायिका श्रेष्ठका ब्याइफ्रेन्ड हुन्। पछिल्लो समयमा घलेको मनाङेसँग राम्रो सम्बन्ध छैन। उनी छुट्टै समूह बनाएर ठमेलमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी छिन्। त्यस्तै अर्की नायिका सौजन्य सुब्बाले पनि डनकै पृष्ठभूमि भएका रोज राणालाई ब्याइफ्रेन्ड बनाएकी छिन्। पहिलो पतिसँग सम्बन्ध बिच्छेद गरेकी सुब्बाको राणासँग निकटतम सम्बन्ध रहेको स्रोत बताउँछ। सुब्बा रोजले निर्माण गरेका म छु नि तिम्रोलगायत चलचित्रमा समेत अभियन गरेकी छिन्। रोज जेलमा हुँदा पनि उनी भेट्न जाने गर्थिन्। अन्य नायिकाहरुको पनि गुण्डागर्दीमा संलग्न व्यक्तिहरुसँग सामिप्यता रहेको स्रोत बताउँछ। नायिका निशा अधिकारीको गणेश लामाका सहयोगीका रुपमा चिनिने सर्लाहीका मनोज आचार्यसँग निकटता छ। निशालाई आचार्यले आफ्नो गर्लफ्रेन्डका रुपमा चिनाउने गर्दछन्। त्यस्तै नायिका रंजिता तामाङको काभ्रेली समूहका आबद्ध युवाहरुसँग निकटता रहेको स्रोत बताउँछ। नायिका पुजना प्रधानले हर्बाेको अवैध नेटवर्किङ धन्दामा लागेका पुष्पराज पुरुषलाई ब्याइफ्रेन्ड बनाएका छिन्। अन्य धेरै मोडल तथा हिरोइनको भने व्यापारीहरुसँग राम्रो सम्बन्ध रहेको स्रोत बताउँछ। भिषा गर्लकी निर्मात्रीको बनेकी निशा शर्माका लागि चौधरी गु्रपले लगानी गरेको थियो। व्यापारी र डनहरुसँग धेरै पैसा हुने र उनीहरुको लागि खर्च गर्ने भएकाले पछिल्लो समयमा हिरोइनहरुले त्यस्ता व्यक्तिलाई आफ्नो ब्याइफ्रेन्ड बनाउन थालेको एक निर्देशक बताउँछन्। ‘फिल्म क्षेत्रमा काम गर्नेको कमाईले हिरोइनका आवश्यकता पूरा गर्न सक्दैन,’ ती निर्देशक भन्छन्, ‘त्यहीकारण हिरोइनहरुले डन र व्यापारी रोज्न थालेका हुन्।’
Source: Weeklynepal

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा