उर्जा संकट र त्यसको बैकल्पीक व्यवस्थापन

२४ कार्तिक २०६९, शुक्रबार २३:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २४ कार्तिक। उर्जा संकटलाई कम गर्न र त्यसको बैकल्पीक व्यवस्थापनका लागि उपभोक्ता लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिइएको छ । उपभोक्ताहरुको आवश्यक्ता र चाहाना विनाको बैकल्पीक उर्जाको व्यवस्थापन दिगो हुन नसक्ने धारणा राखिएको छ । बैकल्पीक उर्जा कार्यक्रम अन्तरगत रुपन्देहीमा सञ्चालित सुधारिएको चुलो कार्यक्रमको समिक्षा बैठकमा बोल्ने बक्ताहरुले सो धारणा व्यक्त गरेका हुन । रेडा, पाल्पाको सहयोग र सामुदायीक कल्याण कार्यक्रम, रुपन्देहीको आयोजनामा भैरहवामा भएको गाविस सचिवहरुबीचको समिक्षात्क बैठकमा सो बोल्दै सुधारिएको चुलो प्रयोगकर्ताहरुका बीचमा छलफल र त्यसबारेमा उनीहरुलाई जानकारी गराउने कार्यक्रम ल्याउन आग्रह गरिएको थियो । कार्यक्रम हाम्रो समाजमा कुनै पनि कार्यक्रम लक्षीत समुदायमा पुग्न नसकेको गुनासो गर्न त्यसमा केन्द्रीत हुन भनिएको थियो । सो अवसरमा बोल्दै उर्जा इन्जिनियर सन्तोष आर्चायले स्वाश्थ्य र बातावरणका हिसावले बैकल्पीक उर्जा अन्तरगतको सुधारिएको चुलो कार्यक्रमलाई स्थानिय निकायको पहल र सहकार्यमा अगाडी बढाउनु पर्ने सुझाव दिनु भयो । उहाले नेपालमा उर्जाका रुपमा ७७ प्रतिशत दाउरा तथा गुइठाको प्रयोग भैरहेको तथ्याङक प्रस्तुत गर्दै त्यसलाई कम गरि समय अनुसार उपयोगको विधि परिर्वतन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला विकास समिति, रुपन्देहीका निमित्त स्थानिय विकास अधिकारी गजेन्द्रनाथ शर्माले स्थानिय निकायले जनताको चाहाना र आवश्यक्तालाई नै प्राथमिकता दिने हुदा त्यसमा अन्य संस्थाहरुको सहयोग पनि जरुरी रहेको बताउनु भयो । उहाले सुधारिएको चुलोको प्रयोग जिल्लामा बढाउन गाविस सचिवहरुलाई निर्देशन गर्दै त्यसका लागि वजेट र कार्यक्रम बनाएर पेश गर्न आग्रह पनि गर्नु भयो । रेडा, पाल्पाका कार्यकारी निर्देशक लिला कार्किले आर्थिक र मानविय जिवन रक्षाका लागि सुधारिएको चुलोको प्रयोग गर्ने सोचको विकास गराउन समाजमा जनचेतना जगाउनु पर्ने भनाई राख्नु भयो । सामुदायीक कल्याण कार्यक्रम, रुपन्देहीका अध्यक्ष डा.ऋषिराम शर्माको अध्यक्षता, सचिव गोविन्द रेग्मीको सञ्चालन र उमा गुरुङको स्वागतमा भएको कार्यक्रममा जिल्ला कृषि कार्यालय, रुपन्देहीका प्रमुख रामानन्द कुर्मी, जिविस, रुपन्देहीका सामाजिक अधिकृत दुर्गा श्रेष्ठ, गाविस हकहित संरक्षण केन्द्रका सचिव राम गौतम, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख नन्दलाल बञ्जाडे, जिविस उर्जा शाखा अधिकृत राधा आरसी लगायत बोल्नु भएको थियो । कार्यक्रममा सामुदायीक कल्याण कार्यक्रमका कार्यकारी निर्देशक चित्र गौतमले जिल्लामा सञ्चालन भएको कार्यक्रमका बारेमा र उर्जा इन्जिनियर सन्तोष आर्चायले सुधारिएको चुलोका बारेमा जानकारी गराउनु भएको थियो । जिविससंग सहकार्य गरि जिल्ला ३० वटा गाविस एक बर्षमा ५ हजार ३ सय सुधारिएको चुलो बनाउने कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम सञ्चालनकै क्रममा दुई गाविसलाई धुवारहित चुलो मुक्त गाविस घोषणा पनि गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

कञ्चनपुर । भीमदत्त नगरपालिका– ९ खल्लाका उत्तमप्रसाद पन्त परिवारसहित छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । बाढीले बेसहारा बनाएकाले छिमेकीको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाएका

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले