गोर्खा ब्वाईज फाईनलमा प्रबेश

२४ कार्तिक २०६९, शुक्रबार २३:३१ मा प्रकाशित

रुपन्देही, २४ कार्तिक । गोर्खा ब्वाईज क्लब बुटवलमा जारि रञ्जन सागर स्मृति कप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । फिफा टेक्निकल सेन्टर बुटवलमा आज शुक्रबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा एन्फा एकेडेमि बुटवललाई ट्राईब्रेकरमा ३ ) २ गोल अन्तरले पाखा लगाउदै गोर्खा ब्वाईज फाईनलमा प्रबेश गरेको हो । निर्धारित समयको खेल दुई दुईको बराबरि भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरको अबशरलाई एन्फाका बिमल जिएम, निशान्त ढंगाना र गौरव बुढाथोकिले सदुपयोग गर्न चुकेपछि नतिजा गोर्खा ब्वाईजको पोल्टामा गएको हो । एन्फाका लागि आकाश थापा र जनम लिगलले मात्र गोल गरेका थिए । उता गोर्खाको तर्फबाट राजु लामा, कुमार थापा र कुमार गुरुङले गोल गरे भने कमल गुरुङको प्रहार एन्फाका गोलकिपरले आकर्शक बचाउ गरेका थिए । यस अघि निर्धारित समयको ८ औँ र ६० औँ मिनेटमा गोर्खा ब्वाईजका लागि मनिष घिसिङले क्रमस गोल गरेका थिए । त्यस्तै एन्फाका लागि बिमल जिएमले खेलको ३६ औँ तथा निशान्त ढुंगानाले खेलको ८५ औँ मिनेटमा गोल गरेका थिए । उक्त खेलमा म्यान अफ द म्याचको पुरस्कार एन्फाका आकाशा थापाले प्राप्त गरेका छन । प्रतियोगिता अन्तर्गत भोलिको दोश्रो सेमिफाईनलमा न्यु सृजना युबा क्लब करौजिया र लिस्नु युबा क्लब कोटिहबाले प्रतिष्पर्धा गर्ने आयोजकले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति