कैदी फरार काण्डमा १६ सरकारी अधिकारी निलम्बित

२४ कार्तिक २०६९, शुक्रबार २३:२४ मा प्रकाशित

सुनसरी, २४ कार्तिक । सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी सुरङ खनेर भागेको विषयमा १६ जना सरकारी अधिकारी निलम्बनमा परेका छन् । पूर्वाञ्चल क्षेत्रीय कार्यालय सुनसरीले ३ प्रहरी सहायक निरीक्षकसहित १६ जना निलम्बन गरेको छ भने केही प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । कैदीहरु फरार भएको विषयमा प्रहरी प्रशासन गम्भीर रहेको बताउँदै पूर्व क्षेत्रीय प्रहरी प्रमुख पर्शुराम खत्रीले फरार कैदीको खोजीका लागि सीमा नाकाहरु सिल गरिएको र खोजी कार्यलाई तीव्र पारिएको जानकारी दिनुभयो ।
गएराती फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक बङ्गलादेशी नागरिक रहेका छन् । उनीहरु डकैती, ज्यान मुद्दा, अपहरण, खोटा नोट चलन र नक्कली नागरिकतालगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा लामो समयदेखि कारागार जीवन बिताउँदै आएका थिए । फरार कैदीमध्ये कारागारका चौकीदारसमेत रहेका बङ्गलादेशी नागरिक अस्रफ अलि अन्सारी विभिन्न अपराधमा संलग्न रहँदै आएका कुख्यात व्यक्ति रहेका छन् । कारागारमा रहेका अन्य कैदीले प्रहरी प्रशासनकै मिलेमतोमा कैदीहरु भागेको बताएका छन् । उनीहरुले सुरुङ खन्नका लागि पस्नी, फलामको डन्डी, खुर्पी, साबेललगायतका उपकरण प्रयोग गरेको फेला परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्