अवसान भएको राजतन्त्र गोखरनाथ बाबाको कृपाले पुनारागमन नहुने :अध्यक्ष केसी

२४ कार्तिक २०६९, शुक्रबार २३:२० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २४ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहमतिमा बजेट ल्याउनुको बिकल्प नभएको बताउनुभएको छ । सहमतिमा बजेट नआए थप राजनीतिक धु्रबीकरण आउन सक्ने भन्दै उहांले तत्काल दलीय सहमति गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहांले पछिल्लो समयमा सरकारले जनातलाई अधिकार प्रत्यारोजन गर्नुको साटो अधिकारहरु खोस्ने काम गरेको भन्दै अध्यादेशबाट देश चलाउन खोज्नु उपयुक्त नभएको बताउनुभयो । बर्तमान सरकारको कारण मुलुक अराजकतातर्फ धेकेलिएको केसीको तर्क छ । सरकारले देशका प्रमुख संबैधानिक निकायहरु खाली गराउंदै लगेको उहांको आरोप छ । शुक्रबार राष्ट्रिय जनमोर्चा रुपन्देहीले आयोजना गरेको दिपावलीको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भन्नुभयो, ‘बर्तमान काम चलाउ सरकार अब हट्नु पर्छ ।’ देशले निकास पाउनको लागि संविधानमा रहेका अन्तरबस्तुहरुको टुंगो लगाउनुपर्ने आवश्यकता रहेको भन्दै नेता केसीले देशलाई संघियताको नाम दिएर टुक्राउने खेल भएकै कारण संविधानसभा असफल भएको दाबी गर्नुभयो । उहांले २२ वटा जिल्ला भएको तराईलाई एक मधेस एक प्रदेश बनाउन खोजे ईतिहासकै ठूलो भुल हुने दाबी गर्नुभयो ।
पछिल्लो समयमा पुर्व राजा ज्ञनेन्द्र शाहका अभिव्यक्तिप्रति ईगिंत गर्दै अध्यक्ष केसीले एक पटक अवसान भएको राजतन्त्र गोखरनाथ बाबाको कृपाले पुनारागमन नहुने ब्यंग्य गर्नुभयो । उहांले भन्नुभयो, ‘राजतन्त्रको विषयमा नेपाली जनातले के चाहन्छन भन्ने कुरा जनआन्दोलनले देखाईसकेको छ कसैले चाहंदैमा राजतन्त्र फर्कन्न ।’ जनआन्दोलमा जनताले संघियता नचाहेको भन्दै नेपालमा संघियता पुर्वतय असफल भएको र आगामी दिनमा पनि असफल हुने उहांको तर्क छ । कार्यक्रममा पश्चिम क्षेत्रिय ट्राफिक कार्यालय बुटवलका प्रमुख विभुतिराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, राजमोका जिल्ला अध्यक्ष बद्री आलम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको