सरकार बिरुद्दको आन्दोलन बालुवाटार र सिंहदरवार केन्द्रित

२४ कार्तिक २०६९, शुक्रबार २२:२० मा प्रकाशित

काठमाडौं, २४ कार्तिक । मुख्य बिपक्षी दल कांग्रेस र एमालेसहित १९ विपक्षी दलले शनिबार सरकार बिरुद्द आन्दोलन घोषणा गर्ने भएका छन् । विज्ञप्तीमा जनाइए अनुसार एमाले केन्द्रीय कार्यालय बल्खुमा शनिबार आन्दोलनको घोषणा गरिने छ । बाबुराम सरकार बर्खास्त गर्ने उदघोष सहित १९ विपक्षी दलले आन्दोलनको नयाँ खाका कोरेका छन् । आन्दोलनको तयारीमा रहेका एक बिपक्षी नेताका अनुसार आन्दोलन बालुवाटार र सिंहदरवार केन्द्रित रहनेछ । प्रमुख प्रशासनिक निकाय सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार र मन्त्री निवास पुल्चोक घेराउ आन्दोलनको पहिलो चरणमा समेटिएका छन् । आन्दोलन तिहार लगत्तै मंसिर १ गतेदेखि सुरु गर्ने योजनामा रहेका छन् विपक्षी दलहरु । आन्दोलनको क्रममा विपक्षी दलले जनप्रदर्शन र सभाहरु समेत आयोजा गर्नेछन् । आन्दोलन १९ वटै दलको नेतृत्वमा देशभर गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार