जारी चिनिया कम्युनिष्ट पार्टीको महाधिबेशन र दुनियाँको चासो

२४ कार्तिक २०६९, शुक्रबार १०:४५ मा प्रकाशित

पुरुषोत्तम ढकाल:
विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिकाले प्रजातान्त्रिक पद्दति र आम जनताको सहभागितामा जनमत बाट नेतृत्व चयन गरेको भोलिपल्ट देशका चौतर्फी सिमा र नाका बन्द गर्दै कडा सुरक्षा घेरा बीच दुनियाँको दोश्रो ठुलो आर्थिक शक्ति भनिएको चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिबेशन बिहिबार सुरु भएको छ । चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको यो महाधिबेशनले आर्थिक सुधारका जननी देंग स्याओ पेंग कालिन नेतृत्व पूर्ण रुपले परिवर्तन हुने हल्ला र तयारीले यति बेला बाँकी विश्वको ध्यान चिन तर्फ केन्द्रित रहेको छ । यद्यपी चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको यो महाधिबेशनमा ७० वर्ष देखि देश छोडेर प्रवाशमा बसेका तिब्बती, चिन भित्रै स्वतन्त्रता र प्रजातन्त्र खोजिरहेका करोडौ चिनियाहरुको विषय छल फल र बहसको मुद्दा बन्ने छैन । र पनि यो महाधिबेशनले ठुलो संख्यामा नेतृत्व युवा पुस्तामा हस्तान्तरण र परिवर्तन गर्ने छ जसले चीनको आगामी दिनको राजनीतिक र आर्थिक नीतिमा परिवर्तन र सुधारको अपेक्षा सर्बत्र गरिएको छ । चिन आफनो दावीमा मात्र होइन द्रुत गतिमा प्रगति गरि रहेको दुनियाको दोश्रो ठुलो अर्थ व्यवस्था हो जुन देशको नेतृत्व परिवर्तनले यति बेला बाँकी दुनियाको ध्यान आकृष्ट गरेको छ । ८ नोबेम्भर देखि सुरु भएको चिनिया सत्तारुढ कम्युनिष्ट पार्टीको यो महाधिबेशनमा नेत्रत्व सम्हाली रहेका प्रधानमन्त्री वेन जियाबाओ माथि अरबौ डलर सम्पति थुपारेको आरोप छ भने मह्त्वपूर्ण पदमा आसिन सबै नेता माथि पदको दुरुपयोग गरि सम्पति हासिल गरेको र विभिन्न खाले अपराधमा संलग्न भएको आरोप छ । न्युयोर्क टाइम्सले प्रधानमन्त्री वेन जियाबाओले पदको दुरुपयोग गरि करिब ३ अरब अमेरिकी डलर परिवारको नाममा राखेको सन सनी खोज रिपोर्ट भर्खरै सार्वजनिक गरेको छ तर यो महाधिबेशनमा यस्ता बिषयमा छलफल हुने छैनन् । विभिन्न प्रान्तमा हजारौ स्वतन्त्रता सेनानी मारिएका छन् तर यो महाधिबेशनमा मात्र नीति र नेतृत्वको चयन हुनेछ । संचार माध्यमलाई दिएको जानकरी अनुसार जारी ८ नोभेम्बर देखि सुरु भएको महाधिवेशनमा देशभरका २२०० कम्युनिष्ट कार्यकर्ता प्रतिनिधिका रुपमा सहभागी हुनेछन जसले नेतृत्वले तयार पारेको नेता र नीतिलाई तालि बजाएर अनुमोदन गर्ने छन् । चिनिया कम्युनिष्ट पार्टीको परम्परा अनुसार प्रत्यक १० बर्षमा हुने नेतृत्व परिवर्तनको तयारी स्वरूप यो महाधिबेशनले नयाँ र युवा नेतृत्व चयन गर्ने हुदाँ दुनियाँको ध्यान चिन तर्फ केन्द्रित रहेको हो । अनुमान गरिए अनुसार यो महाधिबेशनले पोलिट ब्युरोको ९ सदश्य मध्य ७ नयाँ अनुहार भित्र्याउने छ जसमा राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओ समेत बाहिरिने छन् । आंकलन गरिए अनुसार चिनिया कम्युनिष्ट पार्टीको प्रमुखमा उप राष्ट्रपति शी जिनपिंग ल्याइने छ भने उप प्रधानमंत्री ली केकियांगलाई प्रधानमन्त्री बनाइने छ । पोलिट ब्युरो सदश्यको संख्या ९ बाट घटाएर ७ मात्र राखिने छ जसले आगामी दिनमा निर्णय गर्न सहज र सरल बनाओस । तर सिद्दान्तले अभिप्रेरित र जनबादी नेतृत्वले निर्देशित पोलिट ब्युरोले निर्धारण गर्ने नयाँ र युवा भनिने नेतृत्वलाई भेला भएका फलामे अनुशाशनमा बाधिएका २२०० कम्युनिष्ट कार्यकर्ता जो प्रतिनिधिले पनि हुनले रबर स्ट्याम्पको भूमिकामा महाधिबेशनको सबै काम कारबाहीको अनुमोदन गर्दछन । स्मरणीय के छ भने माओत्सेतुंग र देंग स्याओ पेंगआफैले महाधिबेशन समक्ष आफ्नो उत्तराधिकारी छानेका थिए जसलाई फलामे अनुशाशनमा बाधिएका कम्युनिष्ट कार्यकर्ता जो प्रतिनिधिले पनि हुनले अनुमोदन गरेका थिए । चीनलाई नजिक बाट नियाँली रहेका एक विश्लेषकका अनुसार बिक्रम संवत २०१५ शालमा नेपालको रसुवा जिल्ला जोड्ने केरुंग नाका तत्कालै खोल्ने आश्वासन दिने अध्यक्ष माओ बिते २०७० को आस पासमा समेत केरुंग नाका खोल्न हिच किचाउने चिन छिमेकी प्रतित यति कठोर छ भने यो अधिबेशन कति कठोर होला अनुमान गर्छन उनि र भन्छन, ‘ जति बेला उनि चिन भ्रमणमा थिए अदालतमा शैन्य पोशाक धारीले फैशला सुनाए तब साँचो लाग्यो उनलाई एउटा भनाइ ” कम्युनिष्ट मान्छे हुन सक्छ तर मान्छे कम्युनिष्ट हुन सक्दैन । सहजै विश्लेषण गरे हुन्छ चीनमा कम्युनिष्ट साशन रहे सम्म ७० वर्ष देखि देश छोडेर प्रवाशमा बसेका तिब्बती, चिन भित्रै स्वतन्त्रता र प्रजातन्त्र खोजिरहेका करोडौ चिनियाहरु मारी रहने छन् । नेतृत्वमा पुग्न सफल वेन जियाबाओहरुले अकुत सम्पति आर्जन गरि रहने छन् र छिमेकी हरु नेपालका माओबादी जस्ता शक्तिहरुलाई पैसो र बन्दुक दिएर सिमा सुरक्षा गर्ने काम भै रहने छ र फलामे अनुशाशनमा बाधिएका कम्युनिष्ट कार्यकर्ता जो प्रतिनिधिले पनि हुनले रबर स्ट्याम्पको भूमिकामा महाधिबेशनमा यस्ता सबै काम कारबाहीको अनुमोदन गरि रहने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको