नेपाल संयुक्त राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषद्को सदश्यमा निर्वाचित

२४ कार्तिक २०६९, शुक्रबार ०४:५७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, २४ कात्तिक । नेपाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को सदश्यमा निर्वाचित भएको छ । राष्ट्रसंघको ६९ औ महासभा अन्तर्गतको बिहीबारको ३३ औ बैठकले नेपाल लगायत १८ देशलाई आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित गरेको हो । बिहीबार निर्वाचित भएका सदश्य राष्ट्रहरुमा अल्बानिया, बोलिभिया, क्यानाडा, कोलम्बिया, क्रोइसिया, हाइटी, कुवेत, किर्गिस्तान, मोरिसस, नेदरल्याण्ड, सान मारिनो, दक्षिण अफ्रीका, सुडान, ट्युनिसिया,तुर्किमिनेस्तान, बेनिन, राष्ट्रसंघ र नेपाल रहेका छन् । राष्ट्रसंघिय महासभा अन्तर्गत बिहिबार निर्वाचित भएका सदश्य राष्ट्रहरुको कार्यकाल ३ बर्षको हुनेछ भने कार्यकाल आगामी २०१३ को जनवरी बाट सुरु हुनेछ । राष्ट्र संघिय आर्थिक तथा सामाजिक परिषद्को बनोट अनुसार अफ्रीका बाट ५, एशिया प्याशिफिक बाट ४, पूर्वी युरोप बाट २, ल्याटिन अमेरिका र क्यारेबियन बाट २ र पश्चिम युरोप बाट ४ सदश्य रहने प्राबधान रहेको छ । राष्ट्रसंघको कार्य तालिका अनुसार आगामी मंगलबार राष्ट्रसंघिय मानवाधिकार परिषद्को समेत चयन हुनेछ । स्मरण रहोस नेपालले राष्ट्रसंघिय आर्थिक तथा सामाजिक परिषद्को सदश्यका लागि दावी प्रश्तुत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई