मदरल्यान्ड नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२३ कार्तिक २०६९, बिहीबार २३:२० मा प्रकाशित

अनिल पाण्डे, क्यालिफोर्निया । मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेको संयोजनमा नोभेम्बर ६ मा क्यालिफोर्नियाको ओकल्यान्डमा एक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

सो कार्यक्रमको प्रमुख आकर्षणको केन्द्र हुनु हुन्थ्यो राधा पौडेल । राधा पौडेल त्यस्तो नाम हो जो द्धन्द प्रभावित क्षेत्रका सिमान्तकृत एवं अत्यन्त जोमिखयुक्त समुदायमा केन्द्रीत भएर कार्यरत संस्था एक्सन वक्र्स नेपालका संस्थापक अध्यक्ष हुन् ।

मुखले बोल्ने भन्दा न्यायिक तथा दीगो शान्तिको लागि वास्तविक, तार्किक तथा सिलसिलावद्ध कार्यहरु आवश्यक हुन्छ भन्ने दृष्टिकोण राख्ने राधा पौडेलसंग सशस्त्र द्धन्दका बेला भोगेका अनुभव र देखेका पीडादायी यथार्थ र द्धन्दको प्रत्यक्ष साक्षीको रुपमा उहाँले विधवा, लडाकु, अनाथ वालवालिका तथा वृद्धवृद्धाहरुको अकाल मृत्यु भएको साक्षत अनुभव समेत रहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा पौडेलले आफ्ना तिनै अनुभव र भोगाईहरु सुनाउनु हुँदा सहभागीहरु नतमस्तक भएर सुनिरहेका थिए भने त्यस्तो अनौठो अनुभव नजिकबाट सुन्न पाउदाँ सहभागीहरुले थुप्रै सम्वेदनशिल जिज्ञासाहरु समेत राखेका थिए ।

अन्तरक्रिया कार्यक्रम आयोजना गर्न कम्युनिटी हेल्थ फर एशियन अमेरिकनकी अनुपमा चापागाईले कार्यक्रम स्थल एवं खाजाको ब्यवस्थापन गर्नुभएको थियो भने सन्दीप बाबुको उद्घोषण पनि निकै रमाइलो थियो । कार्यक्रममा मदरल्यान्ड नेपालका महासचिव चेत भट्टराईले कार्यक्रममा सहयोग गर्ने एवं सहभागिताको लागि सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा पौडेलको संस्थाद्धारा सञ्चालित कार्यक्रमहरुलाई अझ प्रभावकारी तवरबाट अगाडि वढाउन आर्थिक सहयोग समेत उपलब्ध गराईको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस