म बाट असंवैधानिक काम हुदैनः राष्ट्रपति यादव

२३ कार्तिक २०६९, बिहीबार २१:०७ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक । राष्ट्रपति डा. रामबरण यादवले आफुबाट असंबैधानीक काम नहुने स्पष्ट पारेका छन् । बिहीबार साझ झण्डै डेढ दर्जन विपक्षी दलहरुले राजनीतिक सहमति विपरित सरकारले ल्याउन लागेको पूर्ण बजेट रोक्न  लिखित आग्रह गरेपछि उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा कांग्रेस, एमालेसहित १९ दलले लिखित रुपमै बजेट रोक्न डा।यादवसँग आग्रह गरेका थिए । उनीहरुले सहमति विपरित आउन बजेटलाई आफूहरुले नमान्ने जानकारी पनि राष्ट्रपति डा.यादवलाई गराएका थिए ।
जवाफमा राष्ट्रपति डां.यादवले आफू सहमति र सहकार्यको पक्षमा रहेको जनाए । चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष भूमिराज निरौलाले राष्ट्रपति डा।यादवले कुनै पनि असंवैधानिक काम नगर्ने आश्वासन दिएको बताए । ‘मैले असंवैधानिक काम गर्दिन,’ डा।यादवलाई उदृत गर्दै निरौलाले भने, ‘सहमतिबाटै बजेट आउनु पर्छ मेरो मान्यता त्यही हो ।’
कात्तिक मसान्त भित्र सरकारले एकलौटी रुपमा पूर्ण बजेट ल्याउने तयारी गरे पछि विपक्षी दलहरुले रोक्ने प्रयास गरेका हुन् । मुलुकले राजनीतिक निकास नपाउँदा सम्म वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसक्ने विपक्षी दलहरुको भनाई छ ।

यसैबीच १९ प्रतिपक्षी दलले राष्ट्रपतिलाई सहमति बिना ल्याइन लागेको बजेट अध्यादेश पारित नगर्न ज्ञापन पत्र बुझाए लगत्तै प्रधानमन्त्री डा.बाबुराम भट्टराई राष्ट्रपति कार्यालय, शितल निवास पुगेर राष्ट्रपतिसंग भेट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी