‘स्वतन्त्र सन्तुलित परराष्ट्र नीति अपनाउन नसके नेपाल खतरामा पर्न सक्छ’

२३ कार्तिक २०६९, बिहीबार १७:३७ मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । विश्वका सुपरपावर हरुको ध्यान एसिया महाद्धिपमा केन्द्रीत भईरहेको बेला स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अपनाउन नसके नेपाल खतरामा पर्ने आशंका परराष्ट्रविद्ध र राजनीतिज्ञहरुले ब्यक्त गरेका छन् ।
विश्वका दुई महाशक्ती चिन र अमेरिकामा नेतृत्व परिवर्तनले नेपालमा पार्ने प्रभावकाको विषयमा रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले नेपालले छिमेकी विरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने गरी छिमेकी र तेस्रो छिमेकीको अवधारणाबाट आफूलाई अघि बढाउनु पर्ने धारणा राखे ।
एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले अमेरिका र चिनमा भएको नेतृत्व परिवर्तनमा नयाँ पन केही नभई निरन्तरता मात्रै भएकोले त्यसले नेपाललाई खासै तात्विक असर नपार्ने  दावी गदै नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति मार्फत कसैको अहित नहुने विषयमा आश्वस्त पारेर फाईदा लिन सक्नु पर्ने धारणा राखे ।
उनले अमेरिका एसीया प्यासेफिक क्षेत्रमा केन्द्रीत हुँदै गएकोले पनि अब नेपालले दुई छिमेकी भारत र चिनलाई आफूबाट कुनै खतरा नहुने विषयमा आश्वस्त पारेर उनीहरुलाई प्यासेफिक क्षेत्रमा केन्द्रीत हुन आग्रह गर्नु पर्ने बताए ।
अमेरिका एसीयाको प्राकृतिक स्रोत र साधनमा नियन्त्रण गर्न गौडा कब्जा गर्ने रणनीतिमा रहेकोले चिनको प्रगतिको हौवा पिटाएर आफ्नो स्वार्थ पुरा गर्न तर्फ लगेकोले त्यसमा सचेत हुनु पर्ने बताए ।
नेपाली काग्रेसका नेता डा नारायण खड्काले अमेरिकामा पुरानै राष्ट्रपतिको निरन्तरता र चिनमा पनि उपराष्ट्रपति र उपप्रधानमन्त्रीको बढुवा हुने भएकोले नेपाललाई खासै प्रभाव नपर्ने भए पनि चिनले नेपालबाट खतरा देखेकोले आर्थिक सुपरपावर बन्दै गएको चिनले आफ्नो आन्तरिक सुरक्षाकोलागी नेपाललाई अझै गहिरो ढंगले हेर्ने अनुमान ब्यक्त गरे ।
उनले आफ्नो घर ठिक नभएसम्म अरुले स्वभाविक रुपमा खेल्ने दावी गर्दै नेपालले साझा स्वतन्त्र सन्तुलीत विदेश नीति बनाएर अघि बढ्नु पर्ने धारणा राखे । अमेरिकी कग्रेसमा रिपब्लीकनहरुको बर्चश्व रहेकोले ओवामालाई नयाँ काम गर्न सहज नभएको उनको धारणा थियो ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले चिन र अमेरिकामा नेतृत्व परिवर्तनको निरन्तरता भएकोले नेपाल नीतिमा खासै आधारभुत परिवर्त नहुने बताए । चिनले नेपालमा तिब्बतको सुरक्षा चासो हेरेकोले नेपालमा स्थिरता होस, अरुले खेल्न नपाउन भन्ने चाहना राख्े गरेकोले नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति बनाएर सन्तुलन कायम गर्नु पर्ने बताए  ।
अमेरिकाले रिब्यालेन्सिङ एसीयाको नाममा प्यासेफिक क्षेत्रमा शक्ति केन्द्रीत गर्दै आएकोले ओवामाको अघिल्लो कार्यकाल भन्दा शान्तिपूर्ण हुनेमा आशंका ब्यक्त गर्दै ज्ञावलीले सम्पूर्ण एसिया अशान्त हुने विश्लेषण गरे ।
चिन आर्थिक रुपमा नम्बर एक बन्ने होडमा रहेकोले उसले कतै पनि द्धन्द्ध भन्दा पनि राम्रो सम्बन्ध स्थापित गरेर आफूलाई अगाडि बढाउन चाहने भएकोले चिन नरम रुपमा प्रस्तुत हुने उनले विश्वास ब्यक्त गरे ।
प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारसँग चिनको राम्रो सम्बन्ध नभएको भन्दै   धर्म परिवर्तनको नाममा नेपाललाई कमजोर बनाएर चिनलाई हान्ने योजना प्रति नेपाल समयमै सचेत नभए नेपाल जरासन्ध जस्तै दूई तिर चिरिने चेतावनी दिए ।
उनले शक्ति राष्ट्रले चाहे जस्तो अब विश्व धु्रविकृत नहुने दावी गर्दै कसै विरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने र कुनै पनि एलायन्समा नालग्ने सन्तुलित नीति नेपालले लिनु पर्ने धारणा राखे ।
नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङले अमेरिकामा बराक ओवामाको निरन्तरता र चिनमा नियमित प्रक्रियाबाट नेतृत्व परिवर्तन हुन लागेकोले त्यसले नेपाल नीतिमा आमुल परिवर्तन नहुने दावी गरे ।
उनले नेपालको विकास र उन्नती आन्तरिक स्थायीत्वबाट हुने भन्दै विदेशमा हुने नेतृत्व परिवर्तनले ठूलै प्रभाव नपार्ने बताए । उनले भने–हामिले आफ्नै कारणले मुलुकमा स्थीरता र विकास कायम गर्ने हो । मुख्य कुरो आन्तरिक कारण नै हो । विदेशमा हुने नेतृत्व परिवर्तनले खासै धेरै  असर पर्दैन ।
परराष्ट्रविद्ध हिरण्यलाल श्रेष्ठले चिन र अमेरिकाको नेतृत्व परिवर्तनमा आमुल परिवर्तन नभई निरन्तरता मात्रै भएकोले नेतृत्व परिवर्तन पनि नेपाल हेर्ने नीतिमा अपेक्षाकृत कुनै परिवर्तन नहुने बताए ।
चिन आर्थिक सुपर पावरको बाटोमा अघि बढेकोले उ भारत लगायतका देशसँग झगडा भन्दा पनि राम्रो सम्बन्ध बनाएर अघि बढ्ने नीतिमा रहेकोलेले दक्षिण एसीयाली राष्ट्रसँग सहकार्य गर्ने विश्वास ब्यक्त गरे । उनले भारत नेपाल र चिनवीच त्रिपक्षीय संबाद संयन्त्रको आवश्यकता समेत औल्याए ।
नेपाल अब शितकालिन मानसिकताले भन्दा पनि शान्त कुटनीति मार्फत अघि बढ्नु पर्ने आवश्यकता औल्याउँदै चिन विरुद्ध कुनै गतिविधी हुन नदिने सर्तमा नेपालले तेस्रो छिमेकीको अवधारणालाई अघि बढाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार