सहमति विना बजेट ल्याउनै नदिने विपक्षीहरुको चेतावनी

२३ कार्तिक २०६९, बिहीबार १७:२७ मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । प्रतिपक्षी दलका प्रभावशाली नेताहरुले सहमति विना कुनै पनि हालतमा पूर्ण बजेट ल्याउन नदिने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले सहमति विना कुनै पनि हालतमा बजेट आउनै नसक्ने भन्दै प्रतिपक्षीहरु अहिलेको सरकारलाई बजेट पास गराएर बादरलाई सीढी बनाई दिने काम आफूहरुले नगर्ने स्पष्ट पारे ।
राष्ट्रपतिमाथि आक्रमण गरेर सत्ता टिकाउन मुलुकको ध्यान अर्को तिर मोडने र मुलुकको सक्रमणकाललाई अझै विगार्ने षडयन्त्रमा  लागेको आरोप लगाँउदै राष्ट्रपतिलाई लाञ्छना गर्ने काम तत्काल अन्त्य चेतावनी दिए ।
नेपाली काग्रेसका नेता डा नारायण खड्काले नियन्त्रण गर्ने जनप्रतिनिधिमुलक संस्था नभएकोले विपक्षीहरु राष्ट्रको ढुकुटीको साचो नैतिक रुपमा पतन भएको सरकारलाई तयार नभएको स्पष्ट पारे । उनले आफै घोषणा गरेको निर्वाचन गर्न नसकेर आफै विघठन गराएको संविधानसभा पुनःस्थापना गरेर सरकार नैतिक रुपमा पतन भईसकेको भन्दै यस्तो सरकारले मुलुक थामेर थामिन नसक्ने भएकोले तत्काल सहमतिकोलागी पद त्याग गर्नु पर्ने माग गरे ।
नेकपा–माओवादीका सचिव देब गुरुङले मंसिर ७ गते पछि प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार अबैधानिक हुने दावी गर्दै  अबैधानिक सरकारलाई पुर्ण बजेट ल्याउने हैसियत नहुने बताए । उनले राष्ट्रपतिले समेत कामचलाउन भनिसकेको सरकार मंसिर ७ गतेपछि अबैधानिक हुने भन्दै बजेटको समस्य आउँछ भन्ने पहिला नै थाहा भए पनि सरकारले बेवास्ता गरेको आरोप लगाए । उनले तत्काल सहमतिको यात्रा सुरु गरेर मुलुकलाई निकास दिनु पर्ने धारणा राखे ।
एकीकृत नेकपा माओवादीका विदेश विभाग प्रमुख राम कार्कीले सहमति गर्न अब ढिला गर्नै नहुने भन्दै तिहारपछि दलहरुवीच सहमति हुने दावी गरे । दलहरुको अभिष्ट नै सरकारमा जानु भएकोले तत्काल बाबुराम भट्टराईले छाडी हाल्नु पर्ने कुनै कारण रहेको उल्लेख गर्दै पार्टीहरुप्रति जनताको विश्वास समान रहेकोले आन्दोलनबाट सरकार फाल्ने कुरा सभ्भव नभएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु