चिनिया कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशन सुरु

२३ कार्तिक २०६९, बिहीबार १६:०१ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १८ औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । उसको राष्ट्रिय महाधिवेशन बेइजिङमा रहेको ग्रेट हल अफ दि पिपुलमा हुँदै छ ।
महाधिवेशनलाई ध्यान दिँदै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । हरेक पाँच वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय महाधिवेशन हुँदै आएको छ । यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । देशभरका २३ सय प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिने छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीलाई विश्वकै ठूलो राजनीतिक दलमा मानिन्छ । महाधिवेशनमा राष्ट्रपति हु जिन्ताओले पार्टी महासचिवको पद उपराष्ट्रपति रहनुभएका सी जिनपिङलाई हस्तान्तरण गर्ने निश्चित भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली

ढाका । बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ

लन्डन । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको