पाटन अस्पतालका स्वास्थ्यकर्मी माथि प्रहरीको लाठ्ठी !

२३ कार्तिक २०६९, बिहीबार ०८:५३ मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । शिक्षाध्याक्षको नियुक्तिका विषयलाई लिएर आन्दोलन गर्दै आए पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत् स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि आज विहान प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारीले अस्पतालमा तालाबन्दी कार्यक्रम राखेपछि अस्पताल प्रशासनले प्रहरी बोलाए पछि प्रहरी आन्दोलन रोक्न खोज्दा बिबाद उत्पन्न भएपछि प्रहरीले आन्दोलनकारी माथि लाठी प्रहार गरेको हो ।
प्रहरीका लाठी चार्जमा त्यहाँ अध्ययनरत् एमबीबीएसका छात्र छात्रा समेत परेपछि उनीहरुले ‘एप्रोन’ खोलेर धर्नामा बसेका छन् ।
आन्दोलनकारीहरुले प्रतिष्ठानमा दक्ष चिकित्सक हुँदा हुँदै बाहिरबाट ल्याएर शिक्षाध्यक्ष नियुक्ति गरिएको बिरोधमा आन्दोलनमा छन् । सरकारले त्यहाँको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटालाई जिम्मेवारी दिएको छ । आन्दोलनकारीले उपकुलपति संगीता भण्डारी र शिक्षाध्यक्ष सौम्या भट्टाचार्यको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार