रोल्पामा पनि सिमेन्ट उद्योग

२३ कार्तिक २०६९, बिहीबार ०८:४८ मा प्रकाशित

 दाङ, २३ कात्तिक । विकट जिल्लाको नाममा परिचित रोल्पामा छिट्टै सिमेन्ट उद्योग सञ्चालन गरिने भएको छ । रोल्पमा रोल्पा सिमेन्ट प्रालिको नाममा सिमेन्ट उद्योग सञ्चालन गर्न लागिएको हो । उद्योगका प्रबन्धक दिनेश डाँगीका अनुसार तीन वर्षअघि स्थापना भएको सो उद्योगले अब तिहारलगत्तै आफ्नो उत्पादन बजारमा ल्याउने निश्चित भएको छ । सरकारले सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने विद्युत् दिने सहमति जनाए पनि अझै विद्युत् उपलब्ध नहुँदा उद्योगले जेनेरेटरको सहायतामा चर्को मूल्य खर्चेर डिजेलबाट काम गरिरहेको प्रबन्धक डाँगी बताउँछन् ।
रोल्पाको विकट स्थानका रूपमा चिनिने बुढा गाउँको वडा नं ३ मा स्थापना गरिएको सो उद्योगले हाल दैनिक पाँच सय टन क्लिंकर उत्पादन गरिरहेको छ । कुल एक अर्ब १० करोड रुपियाँको लगानीमा सुरु भएको सो उद्योगले दैनिक दुई सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योगले अहिले एक सय जनालाई रोजगारी दिएको छ भने उद्योग सञ्चालनमा आएपछि थप एक सय ५० जनाले रोजगारी पाउने उनले बताए ।
दाङको तुलसीपुरबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको रोल्पा सिमेन्ट प्रालि सल्यानको कपुरकोटबाट मात्रै १७ किलोमिटरको दुरीमा छ । त्यसैले पनि दाङ र सल्यानका बजारसम्म पुर्‍याउन ढुवानी खर्च कम लाग्ने र यस क्षेत्रका उपभोक्ताले सिमेन्ट केही सहुलियतमा पाउने उनको तर्क छ । पहिलो चरणमा राप्तीका पाँच जिल्ला तथा मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चललाई केन्द्रित गरी वितरण गर्ने लक्ष्य राखे पनि यस क्षेत्रका हार्डवेयर पसल र डिलरलाई समेत सिमेन्ट दिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको