लुम्बिनी क्षेत्रको विकासका लागि तीन अर्ब डलर लगानी गर्ने गरी एपेकसँग सम्झौता

२३ कार्तिक २०६९, बिहीबार ०८:३७ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक । लुम्बिनी क्षेत्रको विकास योजना अगाडि बढाउन बृहत्तर लुम्बिनी विकास निर्देशक समिति र एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को–अपरेसन (एपेक) फाउन्डेसनबीच सम्झौता भएको छ । निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल र एपेकका कार्यकारी उपाध्यक्ष सिआओ उनानले राजधानीको होटल सोल्टीमा बुधबार साँझ आयोजित कार्यक्रममा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने योजनासहितको समझदारीपत्रमा हस्तक्षर गरेका हुन् ।
समझदारीपत्रमा हस्ताक्षरपछि निर्देशक समितिका अध्यक्ष दाहालले पटक–पटकको छलफलपछि एपेक लगानी गर्न तयार भएको भन्दै एपेकलाई धन्यवाद दिए । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले समेत आफूसँगको भेटमा लुम्बिनी क्षेत्रको विकासका लागि सहयोग गर्ने वचन दिएको उल्लेख गर्दै दाहालले अब विश्वको ध्यान लुम्बिनीमा केन्द्रित हुने विश्वास व्यक्त गरे । गत वर्ष दाहाल नेतृत्वको टोलीले अमेरिकाको न्युयोर्क पुगेर महासचिव मुनलाई भेट गरी लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सहयोग जुटाइदिन आग्रह गरेको थियो ।
एपेकका कार्यकारी उपाध्यक्ष उनानले लुम्बिनीको विकासले पर्यटनमा मात्र होइन समग्र आर्थिक क्षेत्रका साथै ‘पिस सिटी’को अवधारणाले नेपालको शान्तिप्रक्रियामै सघाउ पुग्ने बताए ।
यसअघि पर्यटन मन्त्रालयका सचिव यज्ञप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए । लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले गत वर्षको ३० असोजमा एमाओवादी अध्यक्ष दाहालको नेतृत्वमा निर्देशक समिति गठन गरेको थियो । समितिमा मोहम्मद वकिल मुसलमान, डा. मीनेन्द्र रिजाल, मंगलसिद्धि मानन्धर, मनोजबहादुर श्रेष्ठ र लुम्बिनी विकास कोषका उपाध्यक्ष सदस्य छन् । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा रिजाल र मानन्धर अनुपस्थित भएको आजको सौर्य दैनिकमा खगेन्द्र पन्तले लेखेका छन् ।
समिति र एपेकको समझदारीपत्र भने सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार लुम्बिनीलाई शान्ति सहर (पिस सिटी), बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल र पर्यटकीय क्षेत्र बनाउनका लागि विकास योजना अगाडि बढाइने समझदारीपत्रमा उल्लेख छ । समझदारीअनुसार लुम्बिनीको विकासका लागि बौद्धमार्गी संस्कृति संरक्षण क्षेत्र र नेपाल–चीन बौद्धमार्गी संस्कृति आदानप्रदान गरिनेछ । वार्षिक ५० लाख पर्यटक लुम्बिनी भित्र्याउन लुम्बिनी नगर विकास परियोजनाअनुसार विमानस्थल, सडक, होटल र सम्मेलन केन्द्र निर्माण गरिनेछ । एपेकले लुम्बिनीमा सञ्चार, पानी र विद्युत् आपूर्तिमा समेत लगानी गर्न चासो व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार