बजेट रोक्न लिखित आग्रह सहित विपक्षी दलले राष्ट्रपति भेट गर्दै

२३ कार्तिक २०६९, बिहीबार ०८:२६ मा प्रकाशित

काठमाडौ, २३ कात्तिक । कांग्रेस, एमाले लगायत विपक्षी दलहरुले सरकारले ल्याउन लागेको बजेट रोक्न माग गर्दै आज राष्ट्रपति डा. रामबरण यावदसंग भेट गर्ने भएका छन् । उनीहरुले राष्ट्रपतिसंगको भेटमा बजेट रोक्नका लागि लिखित आग्रह समेत गर्ने भएका छन् ।
दिउँसो कांग्रेसको पार्टी कार्यालयमा विपक्षी दलहरुको संयुक्त बैठक बसी राष्ट्रपछिलाई बुझाउने लिखित पत्र तयार गरेपछि मात्र उनीहरुले राष्ट्रपतिलाई भेट गर्ने तयारी भएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीलेले बताए ।
बैठकमा कांग्रेस र एमालेले गठन गरेको कार्यदलले सरकार विरुद्ध गर्ने आन्दोलनको प्रस्ताव पेश गरिने छ । बुधबार बसेको कार्यदलको बैठकले तिहारपछि आन्दोलन गर्नेगरी कार्यक्रम समेत तय गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका