विभेद अन्त्य नभए देश टुक्रिन सक्छः भण्डारी

२३ कार्तिक २०६९, बिहीबार ०८:२४ मा प्रकाशित

राजविराज, २३ कात्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले मधेशी समुदाय माथिको विभेद अन्त्य नभए कुनै पनि बेला मुलुक टुक्रिने चेतावनी दिएका छन् ।
राजविराजमा भएको सभामा बोल्दै भण्डारीले विभेदबाट विद्रोहको जन्म हुने  त्यसले विखण्डन निम्त्याउने चेतावनी दिए । मुलुकका हरेक समुदायको समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको भन्दै उनले भने, ‘एउटै आमा बाबुका सन्तानलाई बराबरीको हिस्सा नदिए विभाजन कसैले रोक्न सक्दैन ।’
सयुक्त मधेशी मुक्ति मोर्चा र सरकारबीच भएको चार बुँदे सम्झौता अनुरुप डेढ महिना भित्र नेपाली सेनामा दश हजार मधेशी युवाको सामुहिक प्रवेश र १ लाख ७० हजार नागरिकता विहिन मधेशी समुदायलाई नागरिकता दिनुपर्ने कार्यको थालनी गर्दा आफूलाई राष्ट्रिय विरोधी भनेको भण्डारीको तर्क थियो ।
पूर्व मन्त्री समेत रहेका भण्डारीले वर्तमान सरकारमा सहभागी मधेशी मुक्ति मोर्चाका नेताले चार बुँदे सम्झौतालाई लत्याउँदै सरकारमा बसिरहेको आरोप समेत लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु