अमेरिकाको बोष्टनमा बृहत लक्ष्मी जयन्ती सम्पन्न

२२ कार्तिक २०६९, बुधबार २२:३४ मा प्रकाशित

यम पौडेल, अमेरका । महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको सु-अवशरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोष्टनद्धारा आयोजित १०३ औं लक्ष्मी जयन्ती नोभेम्बर ४ ता. बृहत रुपमा सम्पन्न भएको छ । समरभिल स्थित नेपाली रेष्टुरेन्ट ‘मसाला’ को सभा हलमा संस्थाकी अध्यक्ष डा. उषा शर्माको सभापतित्व भएको लक्ष्मी जयन्तीमा प्रमुख अतिथि प्रोफेसर तथा प्रसिद्ध उपन्यास घनचक्करका लेखक डा. संजिव उप्रेतीबाट नेपाली साहित्यमा महाकवी लक्ष्मी प्रसाद देबकोटाको योगदान र उहाँको कृति ‘पागल’ कबिता बारे ब्याख्या भयो । संस्थाका उपाध्यक्ष हरि काफ्ले ‘शैव’ तथा सदस्य दिपा राईद्धारा संचालित कार्यक्रममा बिभिन्न साहित्यिक ब्यक्तित्वले महाकवी देवकोटाकोको व्यक्तित्व र कृतित्व उपर बोल्दै हृदयस्पर्शी गित, कविता, गजल तथा मुक्तक वाचन गरे ।

एनआरएन अमेरिकाका अध्यक्ष प्रल्हाद केसी, जिबिएनसीका अध्यक्ष मिलन गुरुङ समेतको आतिथ्यता रहेको सो कार्यक्रममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण गरेपछी मिना अधिकारी सहित संस्थाका पदाधिकारीद्धारा सामुहिक रुपमा लोकप्रिय ‘मुना मदन’ पाठ गरिएको थियो । संस्थाकी सल्लाहकार कवियत्री भारती गौतमको स्वागत मन्तब्य पछि महासचिव लाल गोपाल सुबेदीले महाकविको ब्यक्तित्व र कृतित्व माथी प्रकाश पारेका थिए । ग्रेटर बोष्टन भुटानी कम्युनिटिका साहित्यिक व्यक्तित्वहरुले महाकवि देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री…” गित सुरिलो स्वरमा गाउँदा, चोटिलो गजल भन्दा र आफुहरु जहा रहेपनि आफ्नो कला संस्कृति सहित नेपाली टोपी बचाउ अभियानमा लागिरहने कुराले सबैलाई गम्भिर तुल्याएको थियो । ग्रेटर बोष्टन भुटानी कम्युनिटीका राकेश काफ्लेले आफुहरु नेपाली कम्युनिटीसंग हातेमालो गरेर अगाडी बढ्ने बताए ।

बोष्टनका कवि तथा साहित्यकारहरु प्राय सबै जुटेको सो कार्यक्रममा महाकबि देबकोटालाई अत्यन्त श्रद्धा सहित सम्झना गरियो । कार्यक्रममा कवि साहित्यकारहरु डा. शिव गौतम, डा. उषा शर्मा, अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठ, लाल गोपाल सुबेदी, भारती गौतम, अच्युत अधिकारी, हरि काफ्ले, दिपा राई, गोबद्र्धन पुजा, भक्त गुरुङ ,दिनेश राजभण्डारी, यम पौडेल, पुरुषोत्तम लामिछाने, बिजय पौडेल, डि.पि. ढकाल, नवराज कोइराला, प्रजिता भण्डारी, धन बहादुर लेप्चा, रन्जन मिश्र समेतले आ आफ्ना मार्मिक कबिताहरु वाचन गरे । साहित्यिक कार्यक्रम चार घण्टासम्म चलेको भएपनि समय अभावका कारण एउटा भन्दा बढी कविता सुनाउन नपाएको कविहरुले गुनासो गरे ।

करिब ८५ जना सहभागी रहेको साहित्यिक कार्यक्रमलाई गायक प्रबिन परियार, हरिमाया खतिवडा, सागर खतिवडाका हारमोनियम सहितको कर्णप्रिय गितले सबैलाई भावबिभोर बनायो । स्पर्श पुनको भायोलिन, राम थापाको बासुरी, महेश्वर पन्तको गित र साना बहिनिहरु कृपा पौडेल र सलिना डँगोलको नेपाली नृत्यले कार्यक्रलाई थप सिँगारेको थियो । कार्यक्रममा ताजा नेपाली सेल रोटी र खिरको ब्यबस्था गरिएको थियो । अन्त्यमा अर्चना थापाले आफ्नो बिचार राखेपछि डा. उषा शर्माले भानु जयन्तीमा सहयोग पुर्याउने सबैलाई सम्झी सम्झी धन्याबाद दिदै कार्यक्रम बिसर्जन भयो ।
सन्दर्भ तिथी मिति आउनु अगावै हतार गरी आयोजना गरिएको जस्तो देखिएपनि यसपटक बोष्टनमा आयोजित लक्ष्मी जयन्तीले बिदेशी भुमिमा नेपालका महान साहित्यिक बिभुतिको सम्मान र सम्झना गरेको छ भने नेपाली कला साहित्यको जगेर्ना र यसलाई अगाडी बढाउन, समय सापेक्ष साहित्यिक कार्यक्रम समयमै सम्पन्न गर्न सक्ने सन्देश अन्तराष्टीय नेपाली साहित्य जगतलाई साथसाथै प्रवाह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

आजको प्रमुख समाचार