‘नेपाललाई सबै सहयोग दिन चीन तयार’

२२ कार्तिक २०६९, बुधबार २१:२१ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । नेपालका राजनीतिक दलहरुले विवादित विषयमा सहमति कायम गरेर संविधान लेखन प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने विश्वास नेपालका लागि चिनियाँ राजदूत याङ होलेनले ब्यक्त गरेका छन् । मिडिया–साक्षात्कारमा उनले नेपालका राजनीतिक दलहरुबीच केही विषयमा गंभिर राजनीतिक मतभेदहरु भएको भन्दै त्यसमा सहमति गरेर मुलुकलाई निकास दिने धारणा राखे । नेपाललाई सबैखाले सहयोग गर्न चीन तयार रहेको उनले बताए । शान्तिप्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै खुसी ब्यक्त गर्दै उनले यसका लागि भौतिक पूर्वाधार, कृषि, जलविद्युत पर्यटन क्षेत्रको विकासको लागि चीनका प्रतिष्ठित कम्पनीलाई प्रोत्साहन गरिएको जानकारी दिए । उनले नेपालले गर्ने निर्यात ५ सय बस्तुमा छुट दिएको उल्लेख गर्दै त्यस्ता बस्तुमा उत्पादन बढाएर धेरैभन्दा धेरै निर्यात गर्न आग्रह गरे । उनले नेपालको पूर्वाधार विकासमा चीनले आगामी दिनमा आर्थिक सहयोग बढाउने जानकारी दिँदै नेपालको पूर्वाधारमा लगानी गर्ने, कर्मचारीलाई तालिम दिने योजना रहेको सुनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त