‘खै सहमति गरेको’

२२ कार्तिक २०६९, बुधबार १८:२० मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले बजेट, निर्वाचन तथा विवादित विषयमा सहमति गरी छिट्टै राजनीतिक निकास निकाल्न पुनः दलका नेताहरुलाई आग्रह गरेका छन् । सहमतिका लागि बारम्बार दलका नेताहरुको ध्यानाकर्षण गराउने क्रमलाई निरन्तरता दिदैं बुधबार राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेट गरी आफ्ना पुरानै आग्रह दोर्याएका हुन् ।
राष्ट्रपतिले दलका नेताहरुलाई सामूहिक र छुट्टाछुट्टै आप्mनै निवास बोलाई सहमति गर्न आग्रह गर्दै आएका छन् ।  तर, दलहरुले नयाँ चुनाव, यसका प्रक्रिया, सहमतिको सरकारमा सहमति गर्न सकेका छैनन् । अहिलेको मुख्य विषय चुनावको मिति घोषणा र संविधानको विवादित विषयमा सहमति गर्नु रहेको भन्दै राष्ट्रपतिले यी विषयमा तत्काल सहमति जुटाई जनतालाई राहत दिन आग्रह गरेका थिए ।
‘अध्यादेशबाट बजेट आउनु भनेको प्रजातन्त्रको मान्यताविपरीत भएकाले यसलाई छिटोभन्दा छिटो सहमति गरेर टुङग्याउनुस्’ भेटमा राष्ट्रपतिसँगको भनाइ उद्यृत गर्दै सभापति कोइरालाले भने । मुलुकको अवस्थाप्रति राष्ट्रपति चिन्तित भएको भन्दै कोइरालाले बजेटमा छिटो सहमति गर्नुपर्ने बताए । अहिले सहमति नभए झन् कस्तो स्थिति आउने हो भनेर राष्ट्रपतिमा झन् चिन्ता बढेको देखिएको कोइरालाको भनाई थियो ।
विपक्षीहरुले बजेट अध्यादेश अस्वीकारको माग गर्दै आएको भन्दै कोइरालाले राष्ट्रिय सहमतिका लागि वर्तमान प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए । दलहरुमा विश्वासको संकट रहेका कारण पनि अब तत्काल प्रधानमन्त्रीले सहमति गर्न बाटो खोल्नुपर्ने बताए । संचारकर्मीसँग कोइरालाले वर्तमान सरकार हट्नासाथ दलबीच विश्वासको वातावरण बन्ने जिकिर गर्दै त्यसपछि बजेट, सहमतिको सरकार र विवादित विषयमा पनि सहमति गर्न सहज हुने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट