सहमतिको सरकारले मात्र बजेट ल्याउनु पर्छः नेपाल

२२ कार्तिक २०६९, बुधबार १८:१३ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिबाट बनेको सरकारले मात्र बजेट ल्याउन सक्ने बताएका छन् । उनले नयाँ बजेट ल्याउन बाबुराम भट्टराई नेतृत्वको सरकार वाधक रहेको आरोप लगाए । सोसाइटी फर नेशनल डाइलगले बुधवार राजधानीमा आयोजना गरेको अन्तरसंबाद कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।
‘राजनीतिक सहमति गरी सहमतीय सरकार गठन नगरेसम्म फुलफ्लेजको बजेट आउनै सक्दैन’ नेपालले भने, ‘सहमतिको सरकार गठनका लागि यही सरकार गाँठो बनेर बसेको छ ।’ उनले एमाओवादीले सत्ता कब्जा गर्ने उद्धेश्य राखेको कुरा अन्य दलका नेताहरुले लगाएको आरोप नभएर एमाओवादी नेताहरुको भाषण र दस्तावेजवाटै स्पष्ट भएको पनि दावी गरे । एमाओवादी अधिनायकवाद लाद्ने योजनामा र आफुहरु अधिनायकवादलाई अस्वीकार गर्ने योजनामा रहेकैले सहमति नबनेको नेपालको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार