संविधानसभा पुनस्र्थापनामा सहमति नभए भट्टराई बाँचुन्जेल प्रधानमन्त्रीः पोखरेल

२२ कार्तिक २०६९, बुधबार १८:०५ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । एमाओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलले दलहरुवीच संविधानसभा पुनस्र्थापनामा सहमति नभए बाबुराम भट्टराई बाँचुन्जेल प्रधानमन्त्री हुने दावी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रपतिले प्रधानमन्त्री हटाउने र संविधान संशोधनविना नया“ चुनावमा जाने संबैधानिक ब्यवस्था नभएकाले भट्टराई बाँचुजेल प्रधानमन्त्री हुन सक्ने दावी गरे । ‘कानुनी तरिकाले त बाबुराम २५ वर्ष होइन बा“चुन्जेल प्रधानमन्त्री हुनेछन्’ पोखरेलले भने, ‘राष्ट्रपतिले प्रधानन्त्री हटाउन सक्दैनन्, संविधानले अर्काे निर्वाचनवाट प्रधानमन्त्री आउन सक्दैन भनेको छ र अर्काे निर्वाचन गर्न संसद् पनि छैन र संसद्को चुनाव गर्न कानुन पनि छैन ।’ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमाओवादीले आफ्ना आन्तरिक समस्या समाधान गर्न संविधानसभा पुनस्र्थापनाको पक्ष लिएको वताए । उनले सत्ता कब्जाको योजनामा एमाओवादी रहेकाले दलहरुवीच सहमति हुन नदिएको आरोप लगाए । कार्यक्रममा नेकपा माओवादीका प्रवक्ता पम्फा भुसालले १२ बुँदे सहमतिले सुरु भएको राजनीतिक यात्राको औचित्य समाप्त भएकाले नयाँ सहमति गर्नु पर्ने र मुलुक एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सिन्डिकेटले चल्न नसक्ने दावी गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार