एमाले नेता महतको निधन

२२ कार्तिक २०६९, बुधबार १८:०० मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । एमाले केन्द्रीय कमिटी सदस्य डिल्लीबहादुर महतको बुधवार निधन भएको छ ।  मनमोहन स्मृति अस्पतालमा मष्तिष्कघातको उपचार गराइरहेका ५३ बर्षीय महतको बुधवार बिहान निधन भएको हो ।
मस्तिष्कघातका कारण अचेत भएपछि महतलाई जुम्ला सदरमुकाम खलंगाबाट  २० कात्तिकमा काठमाडँौ ल्याइएको थियो । सोही साँझदेखि महाराजगंगस्थित शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर महतको उपचार थालिएको थियो । महतको पार्थिव शरिर बुधवार नै श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयमै अध्यक्ष झलनाथ खनालले महतको शवमा पार्टीको झण्डा ओढाई उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । एमालेले महतको निधनपछि पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।
२०३० सालदेखि विद्यार्थी आन्दोलन हु“दै कम्युनिष्ट आन्दोलनमा संलग्न महतले नेपाल मजदुर किसान संगठनको २०३३ सालमा पहिलो जिल्ला अध्यक्ष भई सक्रिय राजनीतिक यात्रा अगाडि बढाएका थिए । उनी नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रथम केन्द्रीय अध्यक्षसमेत थिए । नेपाल मजदुर किसान पार्टीको जिल्लास्तरदेखि २०४७ सालमा केन्द्रीय सदस्यसमेत रहेका महत ०४८ को आम चुनावमा जुम्ला जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०५१ सालमा नेकपा (एमाले)मा प्रवेश भएका उनले पार्टीमा कर्णाली अञ्चल समन्वय कमिटीको सचिव, सातौं महाधिवेशनपछि बैकल्पिक केन्द्रीय सदस्य र आठौं महाधिवेशनपछि केन्द्रीय कमिटीको सदस्य रहंदै आएका थिए । महतको श्रीमती र एक छोरी छन् । उनको बुधवारै पशुपनि आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं।भोलि ( सोमबार) अमेरिकाबाट १ लाख डोज ६ सय २० डोज कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

आजको प्रमुख समाचार