नेपालमा युवाको आम्दानीमा वृद्धि भएको छ

२२ कार्तिक २०६९, बुधबार १६:५२ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । अमेरीकी सहयोग नियोग यूएस्एडको आय आर्जनका लागि शिक्षा कार्यक्रमले २ सय ५० प्रतिशतसम्म आम्दानी वृद्धी गरेको दाबी गरेको छ । कार्यक्रमको समापन गर्दै यूएस्एडले कार्यक्रमबाट ७४ हजार युवा लाभान्वित भएको भन्दै ५४ हजार युवाले कृषिक्षेत्रबाट २ सय ५० प्रतिशतसम्म आमदानी वृद्धि गरेको दाबी गरेको हो ।
सन् २००८ देखि २०१२ सम्म मध्यपश्चिमका १५ जिल्लामा संचालन गरिएको आय आर्जनका लागि शिक्षा कार्यक्रममार्फत युवाहरुलाई उद्यमी शिक्षा, व्यवसायिक शिक्षा र कृषि शिक्षा तथा उद्यमका विषयमा तालिम दिईएको यूएस्एडले जनाएको छ ।
डेढ करोड अमेरीकी डलर खर्च गरिएको आय आर्जनका लागि शिक्षा कार्यक्रमले युवामा दीगो उच्च आमदानीको सुनिश्चितता तथा खाद्य सुरक्षामा वृद्धि सम्भव पारेको यूएस्एआईडीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी