गोविन्द मैनाली निर्दोष सावित

२२ कार्तिक २०६९, बुधबार १६:४८ मा प्रकाशित

काठमाडौ, २२ कात्तिक । जापानी युवती हत्याको अभियोगमा १५ बर्षसम्म जापानमा जेल सजाय बेहोरेको नेपाली नागरिक गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले सम्पूर्ण रुपमा निर्दोष रहेको भन्दै अन्तिम न्यायिक फैसला सुनाएको छ ।
मैनाली पूर्णत निर्दोष रहेको भन्दै मुद्धा फिर्ता लिनेबारेको सरकारी वकिलको निवेदन गत सोमबार उच्च अदालतमा प्रस्तुत भएपछि बुधबार बिहान बसेको अदालती इजलासले मुद्धामा अन्तिम फैसला सुनाएको हो ।
यो फैसलापछि मैनालीले बेहोरेको अन्यायपूर्ण जेल सजायका बिरुद्धमा क्षतीपुर्ती प्रकृया थालिने भएको छ । अबको प्रकृया टुङ्गनि कम्तिमा एक बर्ष लाग्ने जानकारले बताएका छन् । आजै टोकियोस्थित बार एशोसिएन कक्षमा फैसलाबारे पत्रकार सम्मेलन गर्न लागिएको जानकारी दिंदै उनले गोबिन्दमाथि भएको अन्यायमा न्यायिक तहबाट केही नबोलिएको र क्षमायाचना नगरिएकोमा यसको बिरोध गरिने समेत पधानाङ्गले जानकारी दिए ।
डीएनए परीक्षणसहितका नतिजाबाट निर्दोष देखिएका गोबिन्द चार महिनाअघि नेपाल फिरेर अन्तिम न्यायिक फैसलाको प्रतीक्षामा थिए । गोबिन्द अहिले आफ्नो जेलयात्रा र भोगाइमाथि पुस्तक लेखिरहेका छन् । यसै बर्ष सांग्रिला बुक्सबाट आउन लागेको पुस्तक तथा आजको अदालती फैसलाबारे जानकारी दिन मैनालीले दिउसो २ बजे युनियन हाउसमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार